अर्घाखाँचीडट्कम संवाददाता
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका स्थित दुर्गाफाँटमा नेपाली कांग्रेसको आयोजनामा भएको बिरोध सभा कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस पाणिनि गाउँपालिकाको आयोजनामा दुर्गाफाटमा बिरोध सभा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले राष्ट्रपति विद्या भण्डारी र प्रधानम्नत्री ओलीका कारण देश संकटमा फसेको बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष कृष्ण प्साद ज्ञवाली, महासमिति सदस्य यादव प्रसाद घिमिरे, क्षेत्रीय सभापति तथा पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतम, कांग्रेस नेताहरु श्यामनाथ कास्यप, अशोक श्रेष्ठ, नारायण हरी घिमिरे, अमिवका पोख्रेल, तुल्सिराम पौडेल, युवराज पाण्डे, शालिकराम घिमिरे, शालिकराम भट्टराई, शुभबहादुर सारु, रुद्र महत्रा, घनश्याम पौडेल, नुरमहमद मिया, खबर अन्सारी, यज्ञ प्साद पौडेल, मधु पन्त लागयतले मन्तब्य राख्नु भएको थियो ।
यस्तै पाली मधुलेखका कृष्णप्रसाद पन्थी, पालीका हिमा मुखीमा, विना मुखीया, मायाँ मुखीया सहित २५ जना कांग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रम पालिका संयोजक विष्णु अर्यालको अध्यक्षता र कृष्ण प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।