अयान विश्वकर्मा
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मुटु मानिने सन्धिखर्कको शान्ती बगैंचामा दिनहु नेता,नेताका कार्यकर्ता मेयर- उप मेयर वडा अध्यक्ष लगायत सबै व्यक्तित्वहरु हिड्ने बाटो, आराम गर्ने तथा चिया गफ गर्ने स्थान नै हो तर ती जाडोमा कठाङ्ग्रीएका विपन्न परिवार भने अझैसम्म कसैको आँखा परेको छैन् ।
युवा कपिलवस्तु र शैशव मञ्च नेपालको संयुक्त आयोजनामा जाडोमा कठाङ्ग्रीएका २० जनालाई न्यानो कपडा प्रदान गरेको छ । न्यानो कपडा पाए पछि खुसी हुँदै अब त बाँचिने भो भन्ने आशा जागेको एक महिलाले बताएकी छन् ।
प्रमुख अतिथि तथा नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल “मुस्कान” ले यो अभियान एकदम राम्रो भएको र यसले गरिब जनता र सरकारले हेर्न नसकेका मानिसलाइ धेरै राहत प्रदान गरेको भन्दै यसलाइ निरन्तरता दिनु पर्नेमा जोड दिनुका साथै आगामी कार्यक्रमको लागि पनि शुभकामना दिएका छन् ।
यस्तै कार्यक्रमका अध्यक्ष पशुपति गिरीले हामीले यो अभियान जाडोमा कोहि पनि मर्न नपरोस् भनेर हामिले यो अभियान सुरु गरेका हौँ । यहाँ अझै धेरै न्यानो कपडा लगाउन बन्चित रहेका हुनुहुदो रहेछ हामी पुन कपडा तथा खाद्यान्न सामाग्री लिएर आउने बाचा गर्नु भएको छ ।
उक्त कार्यक्रको संचालन कोपिला गिरिले गर्नु भएको थियो ।