अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका ६ वटै स्थानीय तहमा नेकपा परित्याग गरी २ सय २७ जना कार्यकर्ता आफ्नो पार्टीमा प्रबेश गरेको कांग्रेसले बताएको छ ।
सरकारको असंबैधानिक कदमको बिरोध गर्दै अर्घाखाँचीका ६ वटै स्थानीय तहमा नेपाली कांग्रेसले हिजो गरेको बिरोध प्रदर्शनका क्रममा नेकपा परित्याग गरी २ सय २७ जना कार्यकर्ता आफ्नो पार्टीमा प्रबेश गरेको कांग्रेसले बताएको हो ।
स्थानीयतहमा भएका कार्यक्रममा नेकपा परित्याग गरी शितगंगा नगरपालिकाबाट ९७ जना, मालारानी गाउँपालिकाबाट ७७ जना , पाणिनि गाउँ पालिकाबाट ३३ जना र भुमिकास्थान नगरपालिकाबाट २० जना गरी २ सय २७ जना नेपाली कांग्रेसमा प्रबेस गरेका छन् ।
सरकारले लोकतनत्र माथीनै प्रहार गरेर बिघटन गरेको प्रतिनिधि सभाको पुनसर््थापनाको माग गर्दै कांग्रेसले अर्घाखाँचीका ६ वटै स्थानीय तहको मुकाममा सरकार बिरुद्ध प्रदर्शन गरेको थियो ।
सन्धिखर्क नगरपालिकाको सन्धिखर्क, शितगंगा नगरपालिकाको ठाडा, भुमिकास्थान नगरपालिकाको ठाडा, पाणिनि गाउँपाकिलाको दुर्गाफाट, मालारानी गाउापालिकाको खनदह र छत्रदेव गाउँपालिकाको राशिपमा सरकार बिरुद्ध चर्का नाराबाजी सहित बिरोध प्रदर्शन गरेको हो ।
बिरोध सभामा बोल्ने बक्ताहरुले लामो संघ्रष पछि प्राप्त भएको लोकतन्त्रनै समाप्त पार्ने खेलमा ओली सरकार लागेका कारणे लोकतन्त्र बचाउन कांग्रेसले जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने बताएका छन् ।
सन्धिखर्कमा भएको कार्यक्रमलाई पुर्ब जिल्ला पाटी सभापति तथा जिल्ला समन्वय प्रमुख पिताम्वर शर्मा, जिल्ला सचिव छविलाल पौडेल, शितगंगामा जिल्ला सभापति बिष्णु प्रसाद खनाल (मुस्कान), शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी , मालारानीमा नेविसंघ महामन्त्री बलदेव तिमिल्सिना, लुम्विनी प्रदेश सांसद तथा सचेतक निर्मला क्षेत्री लगायतले सम्बोधन गरेका थिए ।
पाणिनिमा जिल्ला कोषाध्यक्ष कृष्ण बहादुर ज्ञवाली, महासमिति सदस्य यादव घिमिरे, क्षेत्रीय सभापति तथा पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतम, छत्रदेवमा भएको कार्यक्रममा जिल्ला उपसभापति शान्ता भण्डारी, महाधिबेशन प्रतिनिधि तथा जिल्ला सदस्य कृष्ण प्रसाद खनाल र भुमिकास्थान नगरपालिकामा भएको कार्यक्रममा जिल्ला सचिव बिष्णु प्रसाद भुसाल लगायतले सम्बोधन गरेका थिए ।