अर्घाखाँचीमा प्रहरीको अपराध अनुसन्धान तथा नियन्त्रण बिशेष अनुशिक्षण तालिम शुरु

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा प्रहरीको अपराध अनुसन्धान तथा नियन्त्रण  बिशेष अनुशिक्षण (घुम्ती प्रशिक्षण ) तालिम शुरु भएको छ। 
जिल्ला प्रहरी कार्यालयमा आज आईतबारदेखि संचालन हुने ६ दिन  कार्य अवधिको प्र.ह./प्र.ज. लक्षित अपराध अनुसन्धान तथा नियन्त्रण  बिशेष अनुशिक्षण (घुम्ती प्रशिक्षण ) तालिम शुरु भएको हो । 
तालिमको प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीबाट समुदघाटन भएको थियो । 
साथै उक्त ६ दिने तालिममा प्र.ह. -५ जना, प्र.ज.-३० जना गरी  जम्मा -३५ जनाको समुह रहेको छ ।