अर्घाखाँचीडट्कम संवाददाता
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सुपादेउराली मन्दिरबाट उद्दार गरिएका २ जना बालकलाई प्रहरीले परिवारको जिम्मा लगाइदिएको छ ।
खानीगाउँका ५ वर्षका कमल नेपाली र किस्मत नेपालीलाई मनकला नेपालीको रोहवरमा उनकै आमा २४ वर्षिया कमला नेपालीको जिम्मा लगाइदिएको हो ।
सुपादेउराली मन्दिरबाट आईतबार खाँचीकोटको खानीगाउँका २ जना बालकको नरपानीका ट्राफिक प्रहरी प्रमुख महेन्द्र भुसालको टोलीले उद्दार गरेको थियो ।
सुपादेउराली मन्दिरमा अभिभावकको साथबाट छुट्टिएर रोइरहेको अबस्थामा फेला परेपछि प्रहरीले उद्दार गरी अहिले नरपानीमा राखेको थियो ।