अर्घाखाँचीमा पुर्ब एमाले जिल्ला सचिब चौहान दाहाल नेपाल समुहमा खुले
माघ ५ गते, २०७७ मा प्रकाशित
केशवराज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची(अर्घाखाँचीडट्कम) । पार्टी बिभाजनपछि लामो समयसम्म मौन बसेका अर्घाखाँचीका नेता राम बहादुर चौहान खुलेर दाहाल नेपाल समुहमा लागेको घोषणा गरेका छन् ।
सन्धिखर्कको एक होटलमा पत्रकार सम्मेलन गरेर उनले आफ्नो लाइन छर्लङ्ग पारेका छन ।
प्रतिनिधि सभा विघटन र पार्टिमा समस्या भए पछि आफू बिरामी परेको महशुस भएको उनले बताए । के. पि. ओलि ले संसद विघटन गरेर संविधानको खिल्ली उडाएको र देश र जनताको उर्जावान जीवनकालको समय खेर फाल्ने काम गर्दिएको उनले आरोप लगाए ।
पार्टिमा योगदान पुर्याएका नेता कार्यकर्ताको योग्यता र क्षमताको मुल्याकन गर्ने तर्फ ध्यान नदिएको आरोप लगाउदै उनले जिल्लाका केहि ठुला भनिएका नेता हरु एकजुट भएर पद र प्रतिस्ठाको लोभमा लागेको बताए ।
सम्बिधान बचाउने कुरा तर्फ नलागेर केही गुटहरु नेपाल आमाको पिडामा खित्का छोडेर हासेको बताउदै उनले नेपाल आमाको पीडा हटाउने तथा संसद पुनर्स्थापनाको काममा लाग्न दाहाल नेपाल समुहमा लागेको स्पस्ट पारे ।
के. पि. ओलि गुट बाहेक सबैले अहिलेको कदम गलत भएको महसुस गरेकोले अब के. पि. ओलि समूहका दिनहरु सकिएको घोषणा गरे । दुई तिहाइको बहुमत प्राप्त भएको बेला पनि सरकारले जनताका सपना पूरा गर्नुको सट्टा प्रतिनिधि सभालाइनै क्षत बिक्षत पार्दै प्रतिगमनको गोटि बनेको चौहानले आरोप लगाए ।
नेता चौहानले नेपाली काङ्ग्रेस लाई पनि ने. क. पा. फुटेको बेला बहुमत आउँछ भन्ने भ्रममा नपर्न सचेत गराउदै संविधान नै नरहने अबस्थामा दुई तिहाइ वा बहुमतको लोभ नगर्न आग्रह गरे ।
दिन दहाडै संविधानका धारा उपधारा नाघिएको घाम जस्तै छर्लङ्ग भएको अबस्थामा सर्बोच्छ अधालतले पनि बिबेक पुर्याउने आशा राख्दै उनले प्रतिनिधि सभा पुनर्स्थापना हुनेमा जोड दिए ।
पार्टी फुटेकै छैन भन्दै उनले बहुमत लाई बाइपास गर्न नमिल्ने हुदा दुबिधामा पर्न जरुरी नभएको जोड दिदै उनले सुर्य चिन्ह आफुहरुलाइ नै आउने दाबी गरे । बैधानिक रुपमा चिन्ह आफुतिर आउने तर जनताको मन जित्न चिन्हले फरक नपार्ने भन्दै उनले जनताको मन जित्न सके चिन्हले केही फरक नपार्ने संकेत गरे ।
मुलुकको हित को लागि संविधानबिरोधी कदम खारेज गर्न , संसदको पुनर्स्थपान गर्न, काठमान्डौको लामो बसाइमा भएका भेटघाट सरसल्लाह , सामाजिक सन्जाल बाट प्राप्त सुझाब सल्लाह र जनताको आबस्यकता हेरेर आफु उता दाहाल नेपाल समुहमा लाग्ने निर्णयमा लागेको नेता चौहानको भनाइ थियो । यद्यपि उनले पटक पटक आफुहरु संस्थापननै भएको जोड दिएका थिए ।
आफुहरु नामको मात्र पार्टी होइन कामको पार्टि बनाउने तर्फ लाग्ने भन्दै जनतालाई भगवान सन्झेर पुजा गर्नुपदछ सके राम्रो गर्नुपर्छ नसके नराम्रो काम गर्नुहुदैन भन्दै आफू गलत कार्य नगर्ने बताए । अब आफ्नो पार्टी भ्रष्टाचार र असम्बैधानिक कार्यका बिरुद्द खनिने उनले बताए ।
ओलिलाई सेटिङमा लागेको आरोप लगाउदै उनले सम्बैधानिक संस्थाहरु पनि ओलिको सेटिङमा लागे देशमा आधिबेहरि आउने घोषणा गरे ।
नेता चौहान पुर्व ए.मा. ले. का निर्वाचित जिल्ला सचिब हुन ।