अर्घाखाँचीमा ८० बर्षिय वृद्धा बल्ल नागरिक बनिन्, नागरिकता दिन प्रजिअ र वार्ड अध्यक्ष घरमै पुगे
माघ ५ गते, २०७७ मा प्रकाशित
केशवराज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड न . ३ स्थायी ठेगाना भै सन्धिखर्क २ को कुरमा छोरीको घरमा बस्दै आएकी ८० बर्षिय बृद्दा जिबनको उत्तरार्द्धमा बल्ल नागरिक बनेकी छन् ।
उनकी छोरिको घर कुरमा प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल , सहायक प्र जि अ बिक्रम थापा, नेपाल प्रहरिका डि एस पि माधब बुढाथोकी , सशत्र प्रहरिका डि एस पि , मालारानि ३ का वार्ड अध्यक्ष शोभाखर खनाल घरमै पुगेर नागरिकता दिएका हुन । उक्त समयमा जिल्ला प्रशासन कार्यलयका तर्फ बाट कम्मल र वार्ड अध्यक्ष शोभाखर खनालका तर्फ बाट जाडोमा चिसो बाट बच्नको लागि बृद्धालाइ ज्याकेट र बर्को दिइएको थियो ।
यस अघि पनि अध्यक्ष खनाल ती बृद्धालाइ नागरिकता दिलाउनको लागि बारिमै पुगेर सनाखत गराएका थिए ।
कहिले प्रशासनमा पुगेर अपाङ्गलाई सिफारिस दिने त कहिले घरमा पुगेर नागरिकता दिने काम गरेर लोकपि्रयता कमाएका खनाल आफ्ना नागरिक यदि अशक्त र अपाङ्ग भएको कारण सेवा पाउन बाट बन्चित नहुने बताए । आबस्यक परेको खन्डमा अशक्त र अपाङ्गको लागि देशको जुनसुकै कुनामा आफू पुग्न तयार रहेको उक्त समयमा प्रतिबद्धता जनाए ।
८० बर्षको उमेरमा आफ्नी आमालाइ घरमै नागरिकता दिलाए पछि उनकि छोरी अनुपा खुशी हुँदै वार्ड अध्यक्षको खुलेर प्रसंशा गरिन । पहिला पनि आफुले पहल गर्दा तत्कालिन जनप्रतिनिधि कर्मचारीले चासो नदिएको तर अहिलेका अध्यक्षले घरमानै सेवा प्रदान गरेको भन्दै खुशी प्रकट गरिन ।
उक्त नागरिकता बितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल , सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा , प्रहरी प्रमुख माधब बुढाथोकी, सशस्त्र प्रहरिका प्रमुख , सन्धिखर्क नगरपालिकाका उप मेयर ठाकुर बि. क. मालारानी ३ का अध्यक्ष शोभाखर खनाल, अर्घाखाँचीडट्कमका सम्पादक सन्तोष के. सी. , जिल्ला रिपोर्टिर केशवराज ज्ञवाली , पत्रकार प्रेमनारायण आचार्य लगायतको उपस्थिती थियो ।