सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाललाई कोरोना संक्रमण

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल कोरोना संक्रमित हुनु भएको छ । 
बिगत केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि कोरोना चेक गर्दा उहाको कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पतालका प्रमुख  डाक्टर कपिल गौतमले जानकारी दिनु भयो । 
भुसालको पिसिआर रिपोर्ट सातौ दिनका दिन पोजेटिभ देखिएको थियोे ।  भुसालको स्वास्थ्य अबस्था सामान्य रहेको  उहाको सचिबालयले जनाएको छ ।

अन्य समाचारहरु