प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क सन्धिखर्कमा कुमाल समुदायका लागि १ महिने माटाका भाडा बनाउने तालिम शुरु भएको छ ।
कुमाल जातीको पहिचान र परम्परागत पेशाको रुपमा रहेको माटाका भाडा बनाउने सिप नै लोप हुन थालेपछि घरेलु तथा साना उद्योग कार्यलय अर्घाखाँचीले माटाका भाडा बनाउने तालिम सञ्चालन गरेको हो ।
आज देखि १ महिना सम्म सञ्चालन हुने तालिमको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले पानसमा दीप प्रज्वलन गरेर उद्धाटन गर्नु भएको छ । उद्धाटन समारोहमा मन्तब्य राख्दै नगर उपप्रमुख विकले कुमाल समुदायको पहचिानको रुपमा रहेको माटाका भाडा बनाउने सिपको विकास गरी स्वरोजगनर सृना गर्न नगरपालिकाले पनि सहयोग गर्ने बताउनु भयो ।
काठमाण्डौबाट आएका हरि प्रजापतिले प्रशिक्षण दिने तालिममा १० जनाको सहभागित रहेको छ । कुमाल समुदायका मानिसहरुबाट माटाका भाडा बनाउने सिपनै लोप हुने अबस्थामा पुगेको छ ।
घरेलु तथा सानाउद्योग कार्यलयका कार्यलय प्रमुख केशव सुनारको अध्यक्षतामा सम्पन्न भएको उद्धाटन समारोहमा सन्धिखर्क नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष युवराज बन्जाडे, वडा सदस्यहरु बलबहादुर विसी, सुमित्रा कुमाल, आशा परियार, प्रशिक्षक हरि प्रजापति , नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य , सेरा मिक्स प्रालीका अध्यक्ष गंगा मुखीया, स्थानीय विरबहादुर मुखीया लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम घरेलु तथा साना उद्योग कार्यलयका लक्षमी प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको हो ।