सरोज भुसाल
सन्धिखर्क ११
यहाँ घर परिवार विलिन भएर माग्दै हिडेका बालकलाइ कसैले एक छाक खान त परै जाओस उसको घाँटी भिजाउनको लागि एक घुट्को पानी पनि दिदैनन त्यसैले त मन पत्थरको हुदैछ मान्छेको।।
प्रेमिका प्रेमिकासङग घुम्नजादा बाटामै उसको अस्मिता लुटिनु त्यहाँ माया भएर होइन स्वार्थले भरिएको मन र मानबता हराएर हो।।
दुधका लाम्टा चुसाएको आमा र भाग्यको रेखा कोर्न सिकाएको बा लाई त बृद्धाश्रममा छोदिन्छ भने अरुको के मर्का बुझ्ने झन खुट्टा तानिदिन्छन त्यसैले त मान्छे मान्छे नरहने भयो।।
अन्तिम सास लिएर हस्पिटल पुग्दा त यहाँ जाच्नु भन्दा पहिले पैसा भर्न लगाइन्छ ताकी त्यहाँ मान्छेको किमत भन्दा पैसाको किमत बढी थियो।।
गरिब परिवारको मृत बा लाइ शब गृहमा त पहिलेनै पुराइन्छ तर उसलाइ कुराएर धनी बा लाई पहिले नै जलाइन्छ सायद त्यहाँ गरिबको भन्दा धनीको मृत्यु ठूलो थियो।।
यहाँ माया लगाउन त रुप स्वरुप हेरिन्छ भने त्यो सर्बश्रेस्ठ मन र ब्यबहारको के काम त्यसैले त सामान बेच्दा पनि कमसल तर आकर्षक बनाइन्छ किनकी हराउदै छ मानबता।।
यहाँ राम्रो कुराको भाउ बजारमा तरकारिको भाउ घटे जसरी घटिरहेको छ तर नराम्रा कुराको सुनको मुल्य भन्दा पनि ज्यादा बढेको छ कि समाजले नै त्यही चाहेर हो कि।।
सानी दुधे बालिकालाइ बलात्कार गरेको दोशी छोडिन्छ यहाँ तर निर्दोश पसुलाइ खुकुरी हानेर छोडिन्छ नत कुनै गल्ती नत अरुलाइ बोझ थियो त्यसैले त हराउदै छ मानबत।।
जुन पढे लेखेको र बुद्धिजीवी मान्छेलाई सत्तामा बसाइन्छ यहाँ उसैले आधा पेट खाएर जीवन धानेकासङग घुस र भ्रस्टाचार गरि आधा खाना पनि खोस्दिएको छ त्यसैले त मानबता शुन्यतामा पुगेको छ ।।
उता बिरामी भएर अन्तिम अबस्थामा हुँदा छोराछोरिलाइ पानी तताएर ल्याउन भन्छिन बुढी आमाले तर आमाको भन्दा मोबाइल फोन को महत्त्व थियो साएद परिबेसले त्यही सिकाएको थियो।।।