अर्घाखाँचीडट्कम संवाददाता
मालारानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले खुल्ला निबन्ध प्रतियोगीता गर्ने भएको छ ।
मालारानी गाउँपालिकाले अन्लाईन ईमेल मार्फत पठाउने गरी खुल्ला निबन्ध प्रतियोगीता गर्ने भएको हो । प्रतियोगीले गाउँपालिकाको पहिचान राख्न महत्व र विशेषता झल्कने गरि निबन्ध तयार गर्नुपर्ने हुन्छ ।
खुल्ला निबन्ध प्रतियोगीता माघ ३० गतेसम्म ईमेल malaraniruralmun@gmail.com मा पठाउनुपर्ने छ । यस्तै खुल्ला निबन्ध प्रतियोगीतामा प्रथम हुनेलाई ७ हजार, दोस्रो हुनेलाई ५ हजार त तेस्रो हुनेलाई ३ हजार पुरस्कार दिईने बताइएको छ ।
गाउँपालिकाले एक सुचना प्रकाशित गर्दै विभिन्न शर्त तथा मौलिक निबन्ध तयार गरि प्रतियोगीतामा भाग लिन सकिनेछ । प्रतियोगीतामा भाग लिनका लागि नेपाली भाषामा बढीमा दुई हजार पाँच सय शब्द, गाउँपालिकाको समग्र अवस्था (आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, राजनीतिक, भौगोलिक), मुख्य विशेषता र सम्भावनाको विश्लेषण, उदाहरणीय कार्य, सुधारका पक्ष, प्रेरणदायी क्रियाकलाप, कसैप्रति पुर्वाग्राही नराखि सकरात्मक सन्देश दिने निबन्ध तयार पार्नु पर्ने प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले बताउनुभयो ।
प्रतियोगीतामा सहभागी भएका प्रतियोगीहरुको निबन्ध सम्बन्धित विज्ञहरुको समुहले उत्कृष्ट तीन जना छनौट गर्नेछ ।