अर्घाखाँची अस्पतालमा कोरोना संक्रमित एक महिलाले बच्चा जन्माईन्

२०७७ पौष २८, मंगलवारमा पहिलो प्रकासित 

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कोरोना संक्रमित एक महिलाले बच्चा जन्माएकी छन् । 
श्रीमान प्रकाश पन्थी सहित संक्रमण पुष्टि भएकी मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीको तिजुकाचाैरकी कल्पना आचार्य पन्थीले जिल्ला अस्पताल अर्घाखाँचीमा नर्मल रुपमा बच्चा जन्माएकी हुन् । 
चिकित्सकले यसअघि माघ १० गते डेलिभरीको समय तोकिएकी उनलाई पुष १७ गते ब्यथाले च्यापेपछि जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याईएको थियो । 
कल्पनाका श्रीमान प्रकाश पन्थीले अर्घाखाँचीडट्कमलाई भन्नुभयो; “१७ गते विहान ९ वजेदेखि सामान्य ढाड दुखेकाे र दिउसाे २ वजे अत्याधिक रूपमा  पेट र ढाड दुवै दुखेकाे, याे याे अवस्था छ भनी आफ्नै दाजु बाँगी स्वास्थ्य चाैकिका प्रमुख जयलाल पन्थीलाई खवर गरेकाे र ठिक छ पिसाव खरावी वा वेथाले हाे भनी पिसाव खरावीकाे लागि औषधि खाएकी थिईन् । वेथाले अझ च्याप्दै गएपछि जिल्ला अस्पतालमा काराेना पाेजेटिभ हाे डेलिभरीकाे लागि ल्याउन के हुन्छ भन्दा अस्पातलबाट यहाँ हेरिदैन सिदै वुटवलकाे काेभीड विशेष अस्पतालमा लैजान राम्रो हुन्छ भन्ने कुरा आयो, त्यही अनुरूप वुटवल लैजानकाे लागि एम्वुलेन्स मगाई अगाडि वढेकाे र साेहि अवधिमा मेडमकाे पिसाव विहान १० वजेदेखि बन्द भएकाेले खुलाउन पर्याे जे जसरि हुन्छ भनी जिल्ला अस्पतालमा अशाेक चाैहानलाई खवर गर्दा हुन्छ पिसाव खुलाएर लैजानु हस्पिटलमा एम्वुलेन्स ल्याउनु हामी हेर्छाै भन्नुभाे । एम्वुलेनस भित्रै हस्पिटलकाे प्रांगणमा पिसाव खुलाउनकाे लागि डाक्टर  र नर्स  तयार हुनु भाे, साेहि समयमा हेर्दा वच्चा जन्मनकाे लागि ७-८ घर खुलिसकेकाे रहेछ । डाक्टरले भन्नुभाे याे अवस्थामा लैजादा वाटाेमै वच्चा हुन सक्छ यहि हाम्राे आईसाेलेसन वार्डमा लगी हेराै, अनि म र मेडम अनि डाक्टर र नर्स आइसाेलेसन वार्डमा गयाै र केही समयकाे अन्तरालमा वच्चाकाे जन्म भयाे। साे दिन १ रात हामीलाई त्यही आइसाेलेसनमा वार्डमा राखियाे अर्काे दिन विहान ११ वजे हामी घर लाग्याै ।”
यस्तै श्रीमान प्रकाश पन्थीलाई गत पुष ११ गते त बच्चाको आमालाई पुष १४ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । कोरोना संक्रमित ति सुत्केरीको उपचारका लागि अस्पतालको आइसाेलेसनमा व्यवस्था मिलाईएको थियो । सुत्केरी आमा र नबजात शिशुको स्वास्थ्य स्थिती राम्रो छ ।
घरमा ५ जना संक्रमित सहित दुवै जनाको हिजाे पुष २७ गते कोरोना रिपाेट नेगेटिभ आएको छ ।      
कल्पनाका श्रीमान प्रकाश भन्नुभयो; आज वच्चा जन्मेकाे १२ दिन भए तर पनि न्वारान भा छैन्, याे विचमा काेराेनाले गर्दा मानसिकता कमजाेर थियाे वच्चा जन्मेकाे खुसीमा पाेष्ट समेत गर्न सकेन् ।
बच्चा जन्मेको दोस्रो दिन सुत्केरी आमालाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । अहिले सन्धिखर्कको रतहले रहेका उनिहरु भोली आफ्नो घर बाँगीको तिजुकाचाैर जाने तयारी गरेका छन् ।