कांग्रेसले भोली अर्घाखाँचीभर बिरोध प्रदर्शन गर्ने


अर्घाखाँचीडट्कम संवाददाता
       
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सबै स्थानीय तहमा सरकारको असंबैधानिक कदमको बिरोधमा नेपाली कांग्रेसले भोली बिहीवार बिरोध प्रदर्शन आयोजना गरेको छ । 
प्रतिनिधि सभा पुनस्थापना माग गर्दै अर्घाखाँचीका ६ वटै स्थानीय तहमा नेपाली कांग्रेसले प्रदर्शन आयोजना गरेको हो । 
भोली बिहीवार जिल्लाका  सन्धिखर्क नगरपालिकाको नरपानी र किमडाँडामा, शितगंगा नगरपालिकाको ठाडा,   भूमिकास्थान नगरपालिकाको नुवाकोटको पोखेडाँडा, सन्धिखर्क नगरपालिकाको सन्धिखर्क, मालारानीको खनदह, पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा र छत्रदेव गाउँपालिकाको छत्रगन्ज लगायतका विभिन्न क्षेत्रमा नेपाली कांग्रेस अर्घाखाँचीले बिरोध सभा गर्ने भएको हो । 
लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि नेपाली कांग्रेस अर्घाखाँचीले जनप्रदर्शन सहितको बिरोध सभा आयोजना गरिएको बताइएको छ । 

अन्य समाचारहरु