अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. १० र ११ सिद्धारामा प्रचण्ड-नेपाल पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भेला सम्पन्न भएको छ ।
सिद्धाराको अति बिकट बस्ती छापदुम्सी बाके ढिडेनीमा प्रचण्ड-नेपाल पक्ष नेकपाको भेला सम्पन्न भएको हो ।
छलफल भेटघाट तथा बैठकमा नेकपाका नेताहरू पिताम्बर भुसाल, प्रेमनारायण गैर, बिष्णु गैरे( बिबेक), मणि अधिकारी,गोकुल परियार, नारायण बेल्बासे लगायतको उपस्थिति रहेको थियो ।
वार्ड नं. ११ का वार्ड कमिटी अध्यक्ष विष्णु परियार (गोकुल) को अध्यक्षतामा भएको कार्यक्रमको संचालन हेमन्त थापाले गरेकी थिईन । कार्यक्रममा पार्टीका स्थानिय नेता, कार्यकर्ता तथा शुभचिन्तक गरी ६० जना भन्दा बढिको उपस्थिति रहेको बताईएको छ ।