अर्घाखाँचीमा चेतनारायण आचार्यको दावीलाई रामजी घिमिरेको चुनौती | नाम हटाएर पनि चिन्ता छैन्

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा पठाएको केन्द्रिय सदस्यको लिस्टमा आफ्नो नाम नपरेपनि केही फरक नपर्ने प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे बताएका छन् ।
अर्घाखाँची जिल्लाबाट मनोनयन गरेका  केन्द्रीय सदस्यमा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, डिल्लीराज खनाल र भोजबहादुर शाहको नाम नहटाइएको प्रदेश सभा सदस्य तथा अध्यक्ष चेतनारायण आचार्यले बुधवार बिहान दावी गरेका थिए ।
आचार्यले नाम नभएको भनेर कुप्रचार गरिएको मात्र बताएका थिए ।  निर्वाचन आयोगमा पठाएको लिस्टमा अर्घाखाँचीका चेतनारायण आचार्य, चन्द्रबहादुर खड्का, नरेन्द्र क्षेत्री, रामजी प्रसाद घिमिरे, डिल्लीराज खनाल, भोजबहादुर शाह, विजुला रायमाझी, जाल्पा भुसाल र लक्ष्मण रायमाझीको नाम रहेको दावी गरेका थिए ।
नाम नै छैन भनेर नेकपाका कार्यकर्ता भड्काउनका लागि सामाजिक सञ्जालहरुमा कु प्रचार गरिएको समेत आचार्यले बताएका थिए । ३ जनाको नाम नहटाइएको आचार्यले बताएपनि प्रमाण भने पुष्टि गरेका थिएनन् ।
तर आचार्यको दावीलाई चुनौती दिदै रामजी घिमिरेले केन्द्रिय सदस्यको लिस्टमा आफ्नो नाम नपरेपनि केही फरक नपर्ने बताएका हुन् । सामाजिक सन्जालमा पोस्ट गर्दै घिमिरेले भनेका छन्;  पार्टीले निर्वाचन आयाेगमा पठाएकाे लिष्टमा मेराे नाम नभए पनि याे मेराे लागि चिन्ताकाे बिषय हाेईन ।
घिमिरेले मदन कुमार भण्डारीको भनाई राख्दै लेखेका छन्; राजनीतिमा ढाट्नु हुँदैन — मूल्य,मान्यता,आस्था, निष्ठा र ईमान्दारिताकाे राजनीति गर्नेकाे लागि पद र प्रतिष्ठा कुनै ठुलाे बिषय हैन र हुनुहुदैन। ४०-४२ बर्षकाे राजनीतिक जीवनमा मैले कुनै पदकाे माग गरेकाे छैन, प्राप्त जिम्मेवारिलाई ईमान्दारिताका साथ पुरा गर्दै अगाडि बढ्ने काेसिस गरेकाे छु। पार्टीले निर्वाचन आयाेगमा पठाएकाे लिष्टमा मेराे नाम नभए पनि याे मेराे लागि चिन्ताकाे बिषय हाेईन। चिन्ताकाे बिषय त स्वाभिमानी र ईमान्दार कार्यकर्ताहरु प्रति बिस्वासकाे अभाब एउटा हाे भने अर्काे चिन्ताकाे बिषय हाे नेकपाकाे जीवनमा देखिएकाे संकट, जनताकाे सेवा र संमृध्दी, देशकाे उन्नती र बिकासमा देखिएकाे अबराेध तथा मुलुककाे राजनीतिमा पटक पटक दाेहाेरियकाे अस्थिरता र स्थिर सरकारकाे लागि उत्पन्न चुनाैतीहरु हुन। यी चुनाैतीहरुकाे सामना गर्नका लागि जुन राजनीतिक,बैचारिक धरातलमा उभिएर म अगाडि बढ्ने काेसिस गरिरहेकाे छु त्यसकाे निरन्तरता प्रती पुन प्रतिबध्दता ब्यक्त गर्दछु।
यस्तै “पार्टीकाे महाधिवेशन आयाेजक कमिटीकाे सदस्यमा रहे नरहेकाे बिषयमा उत्पन्न बहसमा नलाग्न सबैमा बिनम्र अनुराेध गर्दछु। उनले लेखेका छन् ।”
घिमिरेलाई प्रचण्ड-नेपाल पक्षमा ल्याउन पहल
उता “प्रचण्ड-नेपाल समुहका एक जिल्ला नेताले प्रदेश सभा सदस्य रामजी घिमिरेलाई आफ्नो पक्षमा ल्याउन पहल भईरहेको दावी गरेका छन् । यसको लागि केन्द्रमा अध्यक्ष माधव कुमार नेपाल लगायतका उच्च नेताहरुसम्म छलफल, कुराकानी भईरहेको बताए । तर छलफलमा के कस्ता सर्त, प्रगती भएका छन्, त्यो खुलाएनन् । उनले भने पुर्ब एमाले जिल्ला सचिब राम बहादुर चौहान आए, केही दिनमा धेरै नेताहरु हाम्रो पक्षमा आउन्छन् ।”
३ जनाकोनाम  पुन: पठाउन छलफल
गत  पौष ७ गते मंगलवार ओलीको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकले विस्तार गरेको कमिटीमा अर्घाखाँचीबाट ८ जना केन्द्रीय सदस्य थपिएका थपिएका थिए । जसमा थपिएका केन्द्रीय सदस्यमा चेतनारायण आचार्य, चन्द्रबहादुर खड्का, रामजी प्रसाद घिमिरे, नरेन्द्र क्षेत्री, जाल्पा भुसाल, विजुला रायमाझी, डिल्लीराज खनाल र लक्ष्मण रायमाझी रहेका थिए ।
अर्घाखाँचीबाट ओली पक्षको केन्द्रीय सदस्यमा रामजी घिमिरेलाई नहटाइएको चेतनारायण आचार्यको दावी
ओलीले पौष ७ गते मंगलबार बालुवाटारमा आफ्नो गुटको केन्द्रीय कमिटी बैठक बोलाएर केन्द्रीय कमिटी ११९९ सदस्यमा विस्तार गरेका थिए। यसअघि नेकपा केन्द्रीय कमिटी ४४७ जनाको थियो।
निर्वाचन आयोगमा पठाएको  केन्द्रीय सदस्यहरुको लिष्ट सार्वजनिक भएका मध्ये रामजी घिमिरे, भोजबहादुर शाह र डिल्लीराज घिमिरेको नाम नभएपछि पुन: पठाउने, सच्चाउने, थप्ने बारेमा उर्जा मन्त्री टोप बहादुर रायमाझीसँग छलफल चलिरहेको पनि स्रोतले अर्घाखाँचीडट्कमलाई बतायो ।
प्रदेश सभा सदस्य रामजी घिमिरेको नाम  निर्वाचन आयोगमा पठाएको केन्द्रीय सदस्यहरुको लिष्टमा नभएको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि  गराइएको छ । साथै रामजी घिमिरेको मात्र नभएर अन्य जिल्लाबाट केन्द्रीय सदस्यमा मनोनयन गरेका कयौको नाम छुटेको बताइएको छ ।
 

राजनीतिमा ढाट्नु हुदैन -मदन भन्डारी
मूल्य,मान्यता,आस्था, निष्ठा र ईमान्दारिताकाे राजनीति गर्नेकाे लागि पद र…