सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध बहस जारी

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाइमा आज पनि बहस भइरहेको छ । गत आईतवारदेखि संवैधानिक इजलासमा रिट निवेदकहरुले आफ्नो तर्क राखिरहनुभएको छ । रिट निवेदकहरुको तर्फबाट हिजो ९ जना अधिवक्ताले बहस गर्नुभयो ।
उहाँहरुले प्रतिनिधिसभा विघटनको लागि मन्त्रीपरिषद्ले गरेको सिफारिस बदर गरि संसद पुनःस्थापना हुनुपर्ने माग दोहो¥याउनुभएको थियो । हिजो रिट निवेदकको तर्फबाट डाक्टर चन्द्रकान्त ज्ञवाली, कृष्ण प्रसाद भण्डारी, अनिता मान्नधर जोशी, झल विश्वकर्मा, नवराज पाण्डे, सुजन नेपाल, सुरेन्द्र विक्रम केसी, देव बहादुर महत र कञ्चनकृष्ण न्यौपानेले बहस गर्नुभएको थियो ।
बहसका क्रममा बहसकर्र्ताहरुले पटक पटक एउटै कुरा दोहो¥याएको र विषय केन्द्रीत नभएको भन्दै ईजलासले आईसकेको कुरा नदोहो¥याउन र विषय केन्द्रीत हुन आग्रह गरेको थियो । सुनुवाइको बहस लम्बिँदै गएपछि सर्वोच्चले बहसकर्तालाई आधा घण्टाको समय तोकेको छ । त्यसैगरी हिजोदेखि वकालतनामा पनि थप्न नपाइने भएको छ । इमेजखबरमा समाचार छ ।