सन्धिखर्क नगरपालिकाका सबै १२ वटा वार्डमा कांग्रेसद्धारा विरोध प्रदर्शन सम्पन्न (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका सबै १२ वटा वार्डमा नेपाली काँग्रेसले सरकारविरुद्ध विरोध प्रदर्शन सम्पन्न गरेको छ ।

सन्धिखर्क नगरपालिकाका सबै १२ वटा वार्डमा नेपाली काँग्रेसले सरकारविरुद्ध विरोध प्रदर्शन सम्पन्न गरेको हो ।
नेपाली कांग्रेस १२ नम्बर वडाको डिभर्नामा बिराेध सभा सम्पन्न भएको छ ।
बिरोध सभामा मन्तब्य राख्दै नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल (मुस्कान) ले बर्तमान केपी ओली सरकार तानासाह बन्न खोजेको बताउनु भयो । उहाँले लोकतन्त्र बचाउन नेपालीहरु एकजुट हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति केशवराज कुवर , वडा अध्यक्ष नारायण खड्का लगायतले मन्तब्य राख्नु भएको थियोे । कार्यक्रममा २० जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । कार्यक्रम वडा सभापति लिलाधर बस्यालकाे अध्यक्ष्ाता र बिक्रम पाण्डेको सञ्चालनमा सम्पन्न भएको हाे ।
खाँचीकोटको फुदवाङमा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न भएको छ ।
खाँचीकोटको फुदवाङमा नेपाली कांग्रेसको देशब्यापी अभियान अन्तरगत काङ्ग्रेस खाँचीकोटले  बिरोध सभा गरेको छ । नेपाली काङ्ग्रेस वार्ड नम्बर सात वार्ड समिती द्वारा आयोजित बिरोधसभा फुदबाङमा सम्पन्न भएको हो ।
नेपाली काङ्ग्रेस सन्धिखर्क सातको वार्ड पार्टी  कार्यालय फर्ज्याङ खोला बाट निस्किएको बिरोध र्याली फुदबाङमा पुगेर सभामा परिणत भएको हो ।सभामा बोल्नेहरुले सरकारका कार्यहरुको चर्को बिरोध गरेका थिए ।
सन्धिखर्क नगरपालिका वडा नम्वर १० अर्घा धरमपानीमा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न भएको छ । लामापोखराबाट शुरु भएको बिरोध प्रदर्शन सरकार बिरुद्ध चर्कानाराबाजी गर्दै धरम्पानी, सिमलपानी , स्वामीकारुख हुदै गच्छेगैरामा गएर बिरोध सभामा परिणत भएको थियो ।
बिरोध सभामा नेपाली कांग्रेसका जिल्ला सदस्य चन्द्रा गैरे, जिल्ला आमन्त्रीत सदस्य भेसबहादुर बिसी, नेपाल दलित संघका पुर्ब केन्द्रिय उपाध्यक्ष कमल बिक, नेपाली कांग्रेस  प्रकाशन तथा प्रचार प्रसार बिभागका सचिव प्रेमनारायण आचार्य लगायतले मन्तब्य राख्दै सरकारले जनताको मतका दरुपयोग गरेको बताएका थिए ।
कार्यक्रम नेपाली कांग्रेस वडा सभापति नारायण चुँदालीको सभापतित्व , नगर उपसभापति इश्वरी प्रसाद मरासिनीको स्वागत मन्तब्य र सचिव केशबराज आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।
सन्धिखर्क नगरपालिका वडा नम्वर ९ अर्घामा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न भएको छ ।  कार्यक्रममा नेकपा परित्याग गरी ६ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । तत्कालिन अर्घा गाविस वडा नम्वर १ मा एमालेबाट निर्बाचित वडा अध्यक्ष टेक बहादुर बिक सहितका ६ जना नेपाली कांग्रेसमा प्रबेस गरेका हुन् ।
कार्यक्रममा जिल्ला सदस्य बिष्णु क्षेत्री, माधब भुसाल, बाबुराम भुसाल, बिष्णु भुसाल लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम वडा सभापति झबिन्द्र खड्काको अध्यक्षता, गणेश भुसालको स्वागत मन्तब्य र प्रमोदजंग रायमाझिको सञ्चालनमा सम्पन्न भएको हो ।
सन्धिखर्क ४ वांगलामा आज भएको बिरोध सभामा नेकपा परित्याग गरी २४ घर परिवार नेपाली कांग्रेसमा प्रबेस गरेका छन् । वांगलामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष कृष्ण बहादुर ज्ञवाली, क्षेत्रीय प्रतिनिधि कमल प्रसाद भट्टराई, शिक्षक संघका पुर्ब अध्यक्ष  मुक्तिराम भण्डारी, क्षेत्रीय प्रतिनिधि सुभमाया आचार्य, वडा सदस्य उमानन्द अधिकारी लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम सफर मियाको अध्यक्षता, गणेश भण्डारीको सञ्चालन र गिता आचार्यको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु