सिद्धाराकाे शुबाेधिनी माबिका मास्टर साप हाजिर ठोकेर कांग्रेसकाे सभामा पुगे

अर्घाखाँचीडट्कम संवाददाता 
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १० सिद्धाराकाे शुबाेधिनी माबिका निमित्त प्रअले हाजिर लगाएर नेपाली कांग्रेसले आयोजना गरेको सभामा पुगेका छन् । 
सिद्धाराकाे शुबाेधिनी माबिका निमित्त प्रअ दुर्गा बेल्बासे स्कुलमा पुगेर हाजिर भएर चारतारे झण्डा बाेकेर नारा लगाउन हिंडेपछि उनको चौतर्फी आलोचना भएको हो । 
तर यस्त गतिबिधी शिक्षकलाई सामान्य हुने गरेका छन् बिहिबार समेत शुबाेधिनी माबिका शिक्षक बेल्बासे स्कुलमा पुगेर हाजिर भए र चारतारे झण्डा बाेकेर नारालगाउन हिडे । बिद्यालयमा प्रअलाई समेत कुनै जानकारी नदिइ उनी पार्टीको सभामा पुगेका हुन् । प्रअ बिदामा रहेकाे र निमित्त प्रअकाे जिम्मेवारी समेत पाएका दुर्गाले स्कुलमा हाजिर भएर बिराेध सभामा सभाकाे अग्रपंतीमा पुगे। हुनत दुर्गा बेल्बासे अहिले मात्र हैन हरेक कार्यक्रममा यसरी नै सहभागी हुने गर्दछन् ।  उनी गाउँमा शिक्षक भन्दा कांग्रेसका कार्यक्रताकाे रुपमा बढि चिनिन्छन् ।
शिक्षा क्षेत्र राजनितिबाट मुक्त गर्ने भनिए पनि याे सफल हुन सकेकाे छैन् । शितगंगा नगरपालिकामै शिक्षा शाखामै पाटीकाे झण्डा मुनिबाट १-१ जना शिक्षक भर्ना गरेकाेले पनि यस्ता गतिबिधी शिक्षा शाखाबाट नियन्त्रण हुन सकेकाे छैन्न ।
शितगंगा नगरपालिकामा शिक्षकहरुलाई नियन्त्रण  गर्ने नगरपालिकाकाे शिक्षा शाखामा पार्टीका शिक्षक भर्ना भएदेखि शिक्षकहरुले खुलयाम पार्टीका गतिबिधीमा समाबेस हुँदा पनि नगरपालिकाकाे शिक्षा शाखा निरीह बनेकाे छ ।
गत पौष २४ गते शुक्रवार ठाडामा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शितगंगा नगरपालिका कमिटीले आयोजना गरेको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा गौरा मावि ठाडाका सामाजिक शिक्षक मेघ बहादुर जिसी सहभागी भएपछि विवादमा तानिएका थिए । 
सामाजिक शिक्षक मेघ बहादुर जिसी

अन्य समाचारहरु