मालारानी गाउँपालिकाका सबै ९ वटा वार्डमा कांग्रेसद्धारा विरोध प्रदर्शन सम्पन्न (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता 
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका सबै ९ वटा वार्डमा नेपाली काँग्रेसले सरकारविरुद्ध विरोध प्रदर्शन सम्पन्न गरेको छ ।
मालारानी गाउँपालिकाका सबै ९ वटा वार्डमा नेपाली काँग्रेसले सरकारविरुद्ध विरोध प्रदर्शन सम्पन्न गरेको हो ।
यस्तै मालारानी ७ बामरुकमा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न भएको छ । कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसकी लुम्विनी प्रदेश सचेतक निर्मला क्षेत्रीले सरकार  लोकतन्त्र र प्राप्त उपलब्धीनै समाप्त पार्ने खेलमा अगाडी बढेको बताउनु भएको छ ।
 
कार्यक्रम रिता भुसालको अध्यक्षता र टानबहादुर रेग्मीको सञ्चालनमा सम्पन्न भएको हो । 
यस्तै मालारानी गाउँपालिका वडा नम्वर ४ खनमा नेपाली काङ्ग्रेसको विरोध सभा सम्पन्न भएको छ । 
खनको लुटिपोखरिमा भएको विरोध सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेस पुर्व जिल्ला कोषाध्यक्ष हरि बहादुर खड्काले ओलि सरकारले गरेको प्रतिनिधि सभा विघटनले लोकतन्त्र खतरामा परेको बताउनुभयो । उहाले अब लोकतन्त्रलाई बचाउन गाउँ गाउँबाट सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । 
यस्तै नेपाल विद्यार्थी संघ केन्द्रिय सहमहामन्त्री ललिता सुनारले तरुण युवाहरु ओलि सरकारले चालेको असवैधानिक कदमका विरुद्ध गोलवद्ध भएर लाग्नुपर्ने बताउनुभयो । 
कार्यक्रम वार्ड सभापति लक्ष्मण पोख्रेलको सभापतित्व, पुर्व पार्टि सचिव थानेस्वर खनालको स्वागत र पार्टी सचिब रबिन खड्काको सन्चालनमा सम्पन्न भएको हो ।
विरोध सभा कार्यक्रममा सयौ नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।