मालारानीको गोखुङाका एक युवा चितवनबाट बेपत्ता

अर्घाखाँचीडट्कम संवाददाता 
भरतपुर  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ९ गोखुङाका एक युवा चितवनको भरतपुरबाट बेपत्ता भएका छन् ।  
गोखुङाका चितवनको भरतपुर १० सृजना टोलमा डेरा गरी बस्दै आएका २२ वर्षीय सुरेश भुसाल एक सातादेखि सम्पर्कबिहिन भएका हुन् ।  भुसाल माघ २ गतेदेखि सम्पर्कबिहिन भएका हुन् ।
अन्तिम पटक माघ २ गते साँझ सुरेशले बुवासँग फोनमा कुरा गरेको उनका भिनाजु चुणामणी खनालले जानकारी दिए । उनले ३ गते घर आउछु भन्दै २ गते साझँ बुवालाई फोनमा जानकारी गराएका थिए । त्यसपछि उनी सम्पर्कबिहिन भएका हुन् ।
३ गते बिहान कहाँ आउपुगेको भनी सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन नसकेको उनका भिनाजुले बताए । “२ गते साँझ घरमा फोन गरेर भोलि घर आउछु भएका थिए खनालले भने भोलिपल्ट बिहान कहाँ आइपुग्यो भनी फोन गर्दा सम्पर्क हुन सकेन । दिनभर प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।’
उनको फोन ट्रेसिङ गर्दा पछिल्लो समय सम्पर्कबिहिन भएकै दिन साँझ ८:३० बजे गैंडाकोट लोकेसन देखाएको प्रहरीले जनाएको छ । त्यसपछि उनको लोकेसन पनि देखाएको छैन । सम्पर्कबिहिन सुरेशको परिवारले उनको खोजी गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन पनि दिएको छ । गोरो वर्ण भएका उनी ५ फिट ३ इन्च अग्लो छन् । कालो कपाल र माझौला शरिर भएका उनले सम्पर्कबिहिन हुनु अघी कस्तो पहिरन लगाएका थिए भन्ने भने खुल्न सकेको छैन ।  उनलाई भेट्नुहुनेले नजिकको प्रहरी कार्यालय वा उनका भिनाजु चुणामणी खनालको मोबाइल नम्बर ९८६८९९८३७३ मा सम्पर्क गर्न सकिने बताइएको छ ।