मालारानीमा हिन्दू जागरण युवा स्वयंसेवक भेला सम्पन्न, ३१ सदस्यीय समिती गठन (भिडियो, फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानीमा धर्म सस्कृतिको रक्षा ,  रास्ट्रको शुरक्षा भन्ने मुल नाराका साथ हिन्दूधर्म रक्षा परिषद नेपालले पालिका स्तरीय हिन्दू जागरण युवा स्वयं सेवक भेला सम्पन्न गरेको छ।
मालारानीमा धर्म सस्कृतिको रक्षा ,  रास्ट्रको शुरक्षा भन्ने मुल नाराका साथ हिन्दूधर्म रक्षा परिषद नेपालले पालिका स्तरीय हिन्दु जागरण युबा स्वयम् सेवक भेला सम्पन्न गरेको हो।
परिषद नेपालका केन्द्रिय अध्यक्ष नारायण प्रसाद खनाल को प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा सयौं को उपस्थिति रहेको थियो ।
मालारानी गाउँपालिकाका सबै वार्डबाट उपस्थित भएको भेलाले हरि प्रसाद अधिकारीको अध्यक्षताम ३१ सदस्यीय मालारानी युवा स्वमसेवकको गठन गरेको छ । जसको प्रथम उपाध्यक्ष मा रोमाहरष खनाल द्वितीयत उपाध्यक्षमा लक्ष्मण रिजाल तृतीय उपाध्यक्ष मा गिताराम अधिकारी सचीवमा सुरत बस्नेत सह सचीवमा नारेश्व्रर पाण्डे कोषाअध्यक्षमा हिमलाल पौडेल रहेका छन् ।
 
परिपदका जिल्ला  उपाध्यक्ष आतिश किरण बिकको संचालन सचीव बाबुराम भुसालको स्वागतमा सम्पन्न कार्यक्रमको अध्यक्षता परिषदका जिल्ला अध्यक्ष  नारायण खड्काले गरेका थिए ।