सन्धिखर्कमा महिला हिंसा सम्बन्धी समसामयिक बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय महिला आयोगको आयोजनामा महिला हिंसा सम्बन्धी समसामयिक बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।    
 कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर शर्मा भुसालले महिलाहरु पुरुष सरह समाजमा स्थापना हुने बाताबरण भएमा मात्र देशको समृद्धि सम्भब हुने बताउनु भएको छ । भुसालले पछिल्लो समय सबै क्षेत्रमा महिलाहरुको सहभागीता बढ्दै गएको भन्दै महिलाहरुको सक्रिय सहभागीता बिना देश समृद्धि हुन नसक्ने बताउनु भएको हो ।
राष्ट्रिय महिला आयोगको आयोजनामा शुक्रबार सन्धिखर्कमा आयोजित महिला हिंसा सम्बन्धी समसामयिक बिषयमा गरीएको जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै भुसालले यस्तो बताउनु भएको हो । भुसालले जुनसुकै हिंसापनि सहेर बस्न नहुने भन्दै आफुलाई समस्या पर्दा साथ सम्बन्धीत निकायमा तुरुन्त उजुरी गर्न पनि आग्रह गर्नुभयो ।
राष्ट्रिय महिला आयोगका सचिब शान्ता अधिकारी भट्टराईको अध्यक्षता र शाखा अधिकृत रोशन अर्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यालयकी प्राबिधिक सल्लाहकार पलिता थापाले महिला हिंसा र नेपालमा यसको अबस्थाबारे चर्चा गर्नुभएको थियो ।
यस्तै शाखा अधिकृत अर्यालले राष्ट्रिय महिला आयोगको संक्षिप्त भुमिका र जिल्ला समन्वय अधिकारी लक्ष्मी पाण्डेले अर्घाखाँचीमा महिला हिंसाको अबस्थाकाको बारेमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख रिषी पुलामी, मालारानी गाउँपालीका अध्यक्ष बालकृष्ण आचार्य,सन्धिखर्क नगर उपप्रमुख ठाकुर कुमार बिक,शितगंगा नगर उपप्रमुख टिका बहादुर रेश्मी,छत्रदेब गाउँपालीका उपाध्यक्ष तुल्सीदेबि श्रेठ,मालारानी गाउँपालीका उपाध्यक्ष प्रमिला क्षेत्री, प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल,प्रहरी नायब उपरीक्षक माधब बुढाथोकी, नेपाल बार अर्घाखाँची अध्यक्ष बिजय केसी, केबि भुसाल, बिभिन्न पालीकाका न्यायीक समितीका सदस्य, अन्तरपार्टी महिला सन्जालका प्रतिनिधि,महिला अधिकारकर्मी लगायत सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा महिला हिंसा अन्तरगत लिभिङ टुगेदर,यौनिक हिंसा,बैदेशिक रोजगार लगायतका बिषयमा छलफल समेत भएको थियो ।