ढाकावाङमा राष्ट्रिय जनमोर्चा निकट किसान महासंघको संसद बिघटन विरुद्ध सभा सम्पन्न

माधव खनाल
ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ (अफा) का केन्द्रिय अध्यक्ष भैरहवराज रेग्मीले केपि शर्मा वलीले जनताको संविधान को घाँटी निमुठेको आरोप लगाएका छन् । 
राष्ट्रिय जनमोर्चाले संसदको बिघटन विरुद्ध तथा बिघठित संसदको पुनस्थापनाका लागि देशब्यापी रुपमा चलेको सङघर्षको कार्यक्रम अन्तर्गत शुक्रबार अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङमा भएको कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले सो कुरा बताएका हुन साथै अध्यक्ष रेग्मीले बर्तमान प्रधानमन्त्री केपि शर्मा वलीले आफ्नो पार्टीको विवाद मिलाउनुको साटो जनताको हक अधिकार खोसेको आरोप समेत लगाउनुभयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापाले दुइतिहाइ नजिकैको समर्थन हुदाहुदै संसद विघटन हुनु नै सिङ्गो कम्युनिस्टको नै बदनाम गरेको आरोप लगाउदै संसद पुनःस्थापन गर्नको लागी राष्ट्रभक्ती हरु एकजुट हुनुको विकल्प नरहेको कुरा बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रिय उपाध्यक्ष गोबिन्द बिसिले राष्ट्रिय जनमोर्चाले संसद विघटन को बिरोध र पुनस्र्थापनाको पक्षमा सन्चालन गरेको एकमहिने कार्यक्रममा सहभागिता  भइ आ आफ्नो स्थानबाट सहयोग गरिदिनुहुन अनुरोध गर्नुभयो ।
यस्तै कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका परिषद सदस्य खड्कबहादुर थापाले संसद विघटन हुनुमा प्रचण्ड माधकुमार नेपालको समेत हात रहेको कुराको जिकिर गर्नुभयो ।कार्यक्रम लाई अखिल नेपाल किसान महासंघ (अफा)का अर्घाखाँची जिल्ला अध्यक्ष जिवनारायण खनाल,राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर सदस्य तथा भुमिकास्थान नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष भोजराज खन अखिल नेपाल महिला संघकि शान्ता खनाल अखिल छैठौंका जीवन नेपाली लगाएतले सम्बोधन गर्नुभएको थियो उक्त कार्यक्रम अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य हिमलाल खनाल नगर सचिव रामप्रसाद खनाल भुमिकास्थान नगरपालिका वडा नम्बर १ का सदस्यहरु गोपाल नेपाली चमकला नेपाली प्रगतिशील पत्रकारसंघ का टेकराज भुसाल जनजाति सम्मेलनका प्रतिनिधि भोट बहादुर पुन जातीय समता समाजका रामबहादुर नेपाली अखिल नेपाल युवक संघका प्रकाश खनाल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष मेघराज खनालको अध्यक्षता जनकराज खनालको स्वागत र माधव खनालको सन्चालनमा सम्पन्न भएको थियो ।
साथै राष्ट्रिय जनमोर्चाले देशब्यापी रूपमा सन्चालन गरेको संसद विघटनको बिरोध र पुनःस्थापनाको पक्षमा सन्चालन गरेको एकमहिने कार्यक्रम अन्तर्गत बुधबार अर्घाखाँची जिल्लाका छ वटै पालिकाको अगुवा कार्यकर्ता भेला गरेको थियो भने बिहिवार भुमिकास्थान नगरपालिकाका दस वटै वडामा अगुवा कार्यकर्ता भेला गरेको अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रिय उपाध्यक्ष गोबिन्द विशिले बताउनुभयो ।