श्याम घिमिरे | फोटो: गुरुदेव खनाल
सन्धिखर्क, अर्घाखाँची माघ १० –विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज गरेको नेपाल बन्दले अर्घाखाँची जिल्लाको जनजिबन पुर्णरुपमा प्रभावित भएको छ ।
जिल्लाबाट छुट्ने लामो तथा छोटोे दुरीका सबारी साधन छुटेका छैनन् भने शिक्षण संस्था,व्यापार, उद्योगधन्दा, कलकारखाना पुर्ण रुपमा ठप्प रहेका छन ।
पार्टीले केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला (कञ्चन ) लगायत सम्पूर्ण राजबन्दीहरुको रिहाइको माग गर्दे आज (शनिबार) नेपाल बन्दको आब्हान गरेको हो ।
नेकपाका महासचिव विप्लवले माघ १ गते एक बिज्ञप्ती जारी गर्दे बास्तोलाको गिरफ्तार विरुद्ध माघ ३ देखि १० गतेसम्म संघर्षका कार्यक्रमहरु घोषणा गरेका थिए । सोही कार्यक्रम अनुसार आज नेपाल बन्द गरीएको बिज्ञप्तिमा जनाइएको छ । बास्तोलालाई गत पौष २९ गते ललितपुरबाट प्रहरीले गिरफ्तार गरेको थियो ।
ओली नेतृत्वको सरकारले देशव्यापी रुपमा आफ्ना कार्यकर्तालाई गिरफ्तारी गर्ने,हिरासतमा निर्मम यातना दिने,जेल हाल्ने, लाखौंको धरौटि तोक्ने लगायतका श्रृंखला बढाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको विप्लवले जनाएका छन् ।
सन्धिखर्कमा संकास्पद बस्तु फेला
यसैबिच अर्घाखाँचीको सदरमुकमा सन्धिखर्कमा संकास्पद बस्तु फेला परेको छ । आजको नेपाल बन्दलाइ लक्षित गरेर सन्धिखर्क नगरपालीका २ भक्तिटोल स्थित अर्घाखाँची हस्पीटल प्रालिको पारीपट्टी बम जस्तो देखिने संकास्पद बस्तु फेला परेको अर्घाखाँची प्रहरी प्रमुख माधब बुढाथोकीले जानकारी दिए ।
संकास्पद बस्तुलाई नेपाली सेनाको रामबाँण गुल्मको बम डिस्पोजल टोलीले डिस्पोजल गरेको छ । बम जस्तै बस्तु देखीएपनि उक्त बस्तु बम नभएको बुढाथोकिले बताए । उनले जिल्लाको समग्र शान्ति सुरक्षालाई मजबुद् बनाइएकोपनि दाबी गरे ।