अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङको जाेगिथुममा राष्ट्रिय जनमोर्चाको संसद बिघटन विरुद्ध सभा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापाले प्रतिनिधि सभा विघटन गरेर सिङ्गो कम्युनिस्टको बदनाम गरेको आरोप लगाउनु भएको छ।
राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभा विघटन विरुद्ध देशव्यापी रूपमा चलाएको सङ्घर्षको कार्यक्रम अन्तर्गत माघ १० गते ढाकावाङको जाेगिथुममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले साे बताउनुभएको हो ।
नेता थापाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको विवाद मिलाउनुको साटो जनताको हक–अधिकार खोसेको आरोपसमेत लगाउनुभयाे।
दुईतिहाइ नजिकैको समर्थन हुँदाहुदै प्रतिनिधि सभा विघटन गरेर सिङ्गो कम्युनिस्टको नै बदनाम गरेको आरोप लगाउदै संसद पुनःस्थापनाका लागि लोकतन्त्रप्रेमीहरू एकजुट हुनुको विकल्प नरहेको नेता थापाले बताउनुभयो ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष गोविन्द बिसीले राष्ट्रिय जनमोर्चाले संसद विघटनको विरोध र पुनःस्थापनाको पक्षमा सञ्चालन गरेको एकमहिने कार्यक्रममा सहभागिता भई आआफ्नो स्थानबाट सहयोग गरिदिनुहुन अनुरोध गर्नुभयो ।
कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य खड्कबहादुर थापा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अर्घाखाँची जिल्ला अध्यक्ष जीवनारायण खनाल, अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य बावुराम खनाल लगायतले सम्वाेधन गर्नुभएको थियाे।
कार्यक्रममा अखिल नेपाल युवक संघका माेहन थापा, भुमिकास्थान-२ का वडा अध्यक्ष बुद्धि बहादुर थापा, वडा सदस्य सुमित्रा बिक लगायतकाे उपस्थिति रहेको थियो ।
कार्यक्रम राष्ट्रिय जनमाेर्चा भुमिकास्थान-२ का अध्यक्ष बावुराम खनालकाे अध्यक्षता, राजमाे नेता डिल्ली बन्जाडे स्वागत मन्त्वय र राजमाे युवा नेता टेकराज भुसालको सञ्चालन सम्पन्न भएको थियोे ।