अर्घाखाँचीमा कोरोना खोप आउन २ दिन ढिला, पर्सीसम्म आइपुग्ने | बुधवारबाट खोप लगाउन शुरु गरिने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालमा पर्सी मंगलबारसम्म कोरोना खोप आइपुग्ने भएको छ । 
यस अगाडि आज आईतबार वा बढीमा सोमबारसम्म कोरोना खोप आइपुग्ने भनिएपनि काठमाडौंबाट लुम्बिनी प्रदेश बुटवल भण्डारण आउन ढिला भएकोले अर्घाखाँची जिल्ला अस्पतालमा पर्सी मंगलबारसम्म कोरोना खोप आइपुग्ने भएको हो । साथै अर्घाखाँचीमा माघ १५ गते बुधवारबाट लगाउन शुबुधवारबाट खोप लगाउन शुरु गरिनेरु गरिने भएको छ ।     
जनस्वास्थ्य अधिकृत पुष्पा थापाले अर्घाखाँचीडट्कमलाई भनिन्; पर्सिसम्म जिल्लामा आइपुग्ने र भोली ओरिन्टेशन कार्यक्रम छ । 
लुम्बिनी प्रदेशका अनुसार आज आईतबार काठमाडौंबाट ५० हजार डोज कोरोना खोप आइपुगेको छ । 
सरकारले भारतले उपलब्ध गराएको खोप अबको ३ दिनमा जिल्लाका भण्डारणसम्म पुर्‍याइसक्ने योजना अनुसार जिल्ला अस्पताल अर्घाखाँचीमा पनि कोरोना खोप मंगलबारसम्म आइपुग्ने छ ।     
साथै जिल्ला अस्पताल अर्घाखाँचीमा खोप लगाउने तयारी पुरा भएको बताइएको छ । तर अर्घाखाँचीमा के कती डोज कोरोना खोप आउने भन्ने अझै थाहा हुन सकेको छैन् । भोलीसम्म विवरण आउनेछ ।      
लुम्बिनी प्रदेशको बुटवलमा ११ हजार २ सय लिटर खोप भण्डारण क्षमता छ । त्यहींबाट जिल्ला अस्पतालमा खोप पठाइनेछ । कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पूरा गरेर खोप लगाउनका लागि सम्पूर्ण तयारी सम्पन्न भएको लुम्बिनी प्रदेशले जनाएको छ । 
अर्घाखाँचीमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,  सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिनेहरूलाई पहिलो चरणमै खोप जिल्ला अस्पतालबाट लगाइने छ ।  साथै खोप कोरोनाले यसअघि संक्रमित भए नभएका सबैलाई दिइन्छ । खोप लगाइसकेपछि कार्ड दिइने छ । 
साथै  जिल्ला अस्पतालमा बुथ राखेर खोप कार्यक्रम सञ्चालन गरिने छ ।  उता खोप वितरण, ढुवानी, भण्डारण, स्वास्थ्यकर्मीको तालिम र सामग्रीहरू वितरण एकसाथ दिने तयारी लुम्बिनी प्रदेशले गरेको बताइएको छ ।
यस्तै अर्घाखाँचीमा खोप लगाउने स्वास्थ्यकर्मीको तथ्यांक संकलन भइसकेको र सफाइमा खटिने गाउँपालिका र नगरपालिकाका कर्मचारीको तथ्यांक संकलन भइरहेको स्रोतले अर्घाखाँचीडट्कमलाई बतायो ।    
अर्घाखाँची जिल्लामा आजसम्म संक्रमितको संख्या ७८२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३७१ जना, शितगंगा नगरपालिकामा १०६,     भूमिकास्थान नगरपालिकामा १३४,   मालारानीमा ८५,     पाणिनी गाउँपालिकामा ३३   र छत्रदेव गाउँपालिकामा ५३  जना संक्रमित रहेका छन् ।   
यस्तै जिल्लाबाट आजसम्म  ७५३  जनाले कोरोना जितेर घर फर्केका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ३५८    जना, शितगंगा नगरपालिकामा १०४,      भूमिकास्थान नगरपालिकामा १२९,   मालारानीमा ८३,   पाणिनी गाउँपालिकामा ३१   र छत्रदेव गाउँपालिकामा ४८   जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँचीडट्कमको विवरण अनुसार जिल्लामा  कोरोनाका कारण १४ जनाको निधन भएको छ ।