अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. २ चुत्राबेसीको भद्रिखोला आसपास बसोबास गर्दै आईरहेका अति विपन्न वादी समुदायका बालबालिकाहरु र अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले चुत्राबेसीको भद्रिखोला आसपास बसोबास गर्दै आईरहेका अति विपन्न वादी समुदायका १० वर्ष मुनिका बालबालिकाहरु र अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
अति विपन्न परिवारको घरमै पुगी प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल नेतृत्वको टोलीले न्यानो कपडा, ब्लाङ्केट र त्रिपाल उपलव्ध गराएको थियो ।
चिसोको कारण जिल्लाका कुनै पनि नागरिकले समस्या भोग्न नपरोस भन्ने उद्देश्य अनुरुप विपन्न नागरिकहरुलाई घरमै पुगी राहत स्वरुप न्यानो कपडा उपलव्ध गराउन थालनी गरिएको यो कार्यक्रमलाई आगामी दिनहरुमा पनि निरन्तरता दिईने जिल्ला प्रशासन कार्यालयले बताएको छ ।