अर्घाखाँचीमा पत्रकार नविन के.सीको उपचारको लागि पत्रकार महासंघले ५० हजार, सञ्चार सहकारीले १० हजार सहयोग गर्ने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेपाल पत्रकार महासंघ जिल्ला शाखाले निमोनिया रोगका कारण गम्भिर स्वास्थ्य भई काठमाडौंमा उपचार गराइरहेका पत्रकार नविन के.सीको  लागि ५० हजार रुपैया सहयोग गर्ने भएको छ । 
यस्तै पत्रकार नविन के.सीको उपचारका लागि सञ्चार सहकारीले पनि १० हजार आर्थिक सहयोग गरेको छ । 
उता मालारानी गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले निमोनिया रोगका कारण गम्भिर स्वास्थ्य भई काठमाडौंमा उपचार गराइरहेका पत्रकार नविन के.सीको उपचारको लागि २ लाख रुपैया सहयोग गर्ने भएको छ । 
निमोनिया रोगका कारण गम्भिर स्वास्थ्य भएका के.सीको लुम्बिनी प्रादेशिक अस्पतालमा कुनै सुधार नभएपछि गत शुक्रबार काठमाडौंको हेम्स अस्पतालमा लगिएको थियो । के.सीलाई भ्यान्टिलेटरमा राखेर उपचार गरिएको थियो । अहिले स्वास्थ्य सुधारोन्मुख रहेको र आईसियुमा राखेर उपचार भईरहेको छ ।  
पत्रकार नविन के.सी रेडियो मालारानीका स्टेशन म्यानेजर हुन् । जिल्लामा के.सीले पत्रकारिताको क्षेत्रमा ठुलो योगदान गरेका छन् ।