अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कोरोना संक्रमितको संख्यामा कमी आएको छ । अहिले जिल्लाभर १७ जना मात्र संक्रमितहरु रहेका छन् । जसमा सन्धिखर्कमा ९ जना, भूमिकास्थान नगरपालिकामा २, मालारानीमा १ र छत्रदेवमा ५ जना रहेका छन् । साथै शितगंगा र पाणिनी कोरोना मुक्त भएका छन् । यि दुई पालिकामा संक्रमितको संख्या शुन्य रहेको छ ।
उत जिल्लामा आजसम्म संक्रमितको संख्या ७८५ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३७२ जना, शितगंगा नगरपालिकामा १०६, भूमिकास्थान नगरपालिकामा १३४, मालारानीमा ८६, पाणिनी गाउँपालिकामा ३३ र छत्रदेव गाउँपालिकामा ५४ जना संक्रमित रहेका छन् ।
यस्तै जिल्लाबाट आजसम्म ७५५ जनाले कोरोना जितेर घर फर्केका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ३५८ जना, शितगंगा नगरपालिकामा १०४, भूमिकास्थान नगरपालिकामा १२९, मालारानीमा ८४, पाणिनी गाउँपालिकामा ३१ र छत्रदेव गाउँपालिकामा ४९ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँचीडट्कमको विवरण अनुसार जिल्लामा कोरोनाका कारण १४ जनाको निधन भएको छ ।
सोमबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा १७ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उता अर्घाखाँची जिल्लामा ३ हजार ८ सय ५० डोज कोरोना खोप बुधवारबाट लगाउन शुरु गरिदै छ ।