अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको आ.व. २०७६।०७७ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
मालारानी गाउँपालिकाको आ.व. २०७६।०७७ को वार्षिक समीक्षा र आ.व. २०७७।०७८ को प्रथम चौमासिक समीक्षा कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
कार्यक्रममा अध्यक्ष बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती लगायत वार्डका जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।