श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची माघ १२ । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेको रामबाँण गुल्मका गुल्मपति सेनानी अशोक कुमार क्षेत्री तथा श्रीमति निशा क्षेत्रीले सन्धिखर्क नगरपालीका १ मा रहेको श्री निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयमा अध्ययनरत १६ जना छात्रछात्राहरुलाई जाडोमा लगाउन मिल्ने न्यानो लत्ताकपडा तथा मिष्ठान वितरण गर्नुभएको छ ।
आफ्नो जन्मदिन तथा ममतामयी माताको बार्षिक पुण्यतिथिको अवसरपारी लत्ताकपडा बितरण गरीएको क्षेत्रीले बताउनु भयो । कपडा बितरण गर्दे सेनानी क्षेत्रीले बिद्यार्थीहरुको अध्ययन कार्यमा थप सहजता होस भन्दै उक्त सामाग्री वितरण गरीएको बताउनुभयो ।
कार्यक्रममा बिद्यालयका संस्थापक निमबहादुर रिजाल लगायत बिद्यालयका शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।