सितापुरको झिर्रा
झनक के.सी / अराज बेल्बासे / अर्घाखाँचीडट्कम संवाददाता
सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरको झिर्रामा बाबुले आफ्नै छाेरीकाे हत्या गरेका छन् । आफ्नै छोरीको हत्या गरेर बाबु आफै प्रहरी चौकी पुगेका छन् ।
सितापुरको झिर्राका २४ बर्षिय सन्ताेष घिमिरेले आफ्नै २ वर्षिया छाेरी सृष्टि घिमिरेकाे नाइनलको रसीले घाँटीमा कसेर हत्या गरेकाे ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयाे ।
उनले सुतिरहेको बेला आफ्नी छोरीलाई मंगलबार दिउँसो १ बजेतिर रसीले घाँटीमा कसेर हत्या गरेको प्रहरीले अर्घाखाँचीडट्कमलाई बताएको छ । घरमा सन्तोषकी आमा र बाबु काम गर्न बारीमा गएका थिए ।
छोरीको हत्या गरिसकेपछि गाउँबाट हिडदै छेडाबाट टेक्सीमा चढेर प्रहरी चौकी पुगेर छोरीको हत्या आफैले गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक बाबुराम बस्नेतलाई जानकारी गराएको थिए।
बिगतका केही समय अर्थात हरितालिका तिज पर्वदेखि सन्तोषकी श्रीमती घरायसी बिवादका कारण माईत कपिलवस्तुको चार नम्बरमा बस्दै आएकी छन् । छाेरी सृष्टि बाबुसँग बस्दै आएकी थिईन् ।
दुई दिनअघि श्रीमतीलाई लिन चार नम्बर गएका थिए तर आउन मानिनन् । बाबू विभिन्न कुलतमा समेत फसेको मदिरा तथा सुर्ती जन्य बस्तु खादै गाउमा हल्ला गर्दै हिडने कसैले भनेको नमान्ने स्थानियले बताएका छन् – बाबुसँगै बसेकी छोरीको बाबुले हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको कारण खुल्न नसके पनि छोरीले दु:ख पाउने भैइन मारेर म जेलमै बस्छु कसैलाई दुख दिन चहदैन भनेर हत्या गरेको बाबुले प्रहरीलाई बताएका छन् ।
मृतक बालिकाको शव पोस्टमार्टमको लागि सन्धिखर्क पठाइएको छ । सन्ताेषलाई अहिले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।