धन्चौरको श्री जनजागृति माविमा बिक्रम पान्डे मनो परामर्श अक्षयकोषको स्थापना

हृदय भुसाल
धन्चौर, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्वर १० धन्चौरमा रहेको श्री जनजागृति माध्यमिक विद्यालयमा बिक्रम पान्डे मनोपरामर्श अनुशिक्षण अक्षयकोष स्थापना गरिएको छ । 
 भुमिकास्थान १० धनचाैर हल्दे निवासी श्री लिलामणी पाण्डेकाे छाेरा  सोही  विद्यालयका पुर्व विद्यार्थी स्व विक्रम पाण्डेकाे सम्झनामा दक्षिण काेरिया सम्पर्क समाज र स्व विक्रम पाण्डेका बुवा लिलामणी पाण्डे द्वारा अक्षयकोष स्थापना गरिएको बिधालयका प्रधानध्यापक पिताम्बर खनालले बताए । 
विद्यालयका कक्षा९ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरूलाई प्रत्येक  वर्ष साे काेषकाे व्याज रकमबाट मनाेपरामर्श अनुशिक्षण कक्षा संचालन गर्नकालागि रू १,५०,१११ रूपैया काे विक्रम पाण्डेे मनाेपरामर्श अनुशिक्षण अक्षय काेषकाे स्थापना गरिएको सम्पर्क समाजका लक्ष्मण गैरेले बताए ।
स्वगीय विक्रम पाण्डेकाे  सम्झनामा   दक्षिण काेरिया सम्पर्क समाज र मृतकका बुवा श्री लिलामणी पाण्डे विशेष पहलमा नयाँ अबधारणाको कार्यक्रम गर्ने उदेश्यका साथ  अक्षयकोषको स्थापना गरिएको मञ्चका रुद्र  पौडेलले जानकारी दिए । एक विशेष कार्यक्रमका बिच बिधालय ब्यबस्थापन समिति, बिद्यालय प्रशासन र कोषदाताको बिचमा चेक हस्तान्तरण गरिएको छ ।  
मानसिक समश्याका कारण समाजमा हुने  विभिन्न खालका सामाजिक समस्याहरुको निरुपण गर्ने उदेश्यले अक्षयकोशको रकम बाट नयाँ कार्यक्रम गर्ने लागिएको पत्रकार हृदय भुसालले जानकारी दिए ।