अर्घाखाँचीमा कोरोना खोप आइपुग्यो, खोप लगाउन शुरु गर्न भोली बैठक बस्दै

केशवराज ज्ञवाली
  
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालमा पहिलो चरणका लागि कोरोना खोप आइपुगेको छ ।
जिल्ला अस्पताल अर्घाखाँचीमा मंगलवार पहिलो चरणका लागि ४०० भाइल (३ हजार ८ सय ५०  डोज) कोरोना खोप आइपुगेको हो ।
खोप लगाउन शुरु गर्ने बारेमा भने भोली बिहान १२ बजे प्रमुख जिल्ला अधिकारी सहितको बैठकपछि मात्रै टुङ्गो लाग्ने बताइएको छ ।
केन्द्र सरकारको नीति अनुसार भोलि माघ १४ गते देशभर पहिलो चरणको खोप लगाउने भनिएता पनि लुम्बिनी प्रदेशको सामाजिक बिकास मन्त्रालयले प्रदेशका पहाडी जिल्लाहरुमा १८ गते लगाउने भनेपछि अन्योल भएको हो । 
अर्घाखाँचीमा पहिलो चरणका लागि ४०० भाइल खोप आएको र खोप लगाउनको लागि जिल्ला स्तरमा खोप प्राविधिकहरुलाई भर्चुअल तालिम दिइएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट  डाक्टर कपिल गौतमले अर्घाखाँचीडट्कमलाई बताउनुभयो । 
अस्पतालका तथा पालिकाहरुका नियमित खोप क्लिनिकहरुमा नै यो खोप लागाउने भएको हुनाले अतिरिक्त बुथ तथा क्याबिनको आबस्यकता नहुने पनि वहाँले बताउनुभयो ।
स्वास्थ मन्त्रालयले खोपका लागि प्राथमिकता वर्गीकरण गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड बिरुद्दको खोपका लागि निम्न अनुसारको प्राथमिकता छुट्टाइएको छ ।
प्राथमिकता न. १- 
(क) सरकारी तथा गैर सरकारी संस्थाका स्वास्थकर्मी , एम्बुलेन्स चालक, सहचालक,  महिला स्वास्थ स्वयमसेबिका , सरसफाइकर्मी , कोभिडका कारण मृत्यु भएका षब ब्यबस्थापनमा खटिएका सुरक्षाकर्मी ।
ख – ज्येस्ठ नागरिक , कैदी बन्दी र वृद्दाश्रममा आश्रित नागरिक ।
प्राथमिकता न. २- ५५ बर्ष देखि ७५ बर्ष उमेर समुहका र ४० देखि ५४ बर्ष उमेर समुहका दिर्घरोगीहरु ।
प्राथमिकता न. ३- ४० बर्ष देखि ५४ बर्ष उमेर समुहका अन्य नागरिक र १५ देखि ३९ उमेर समुहका नागरिकहरु ।