अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कोरोना रोगविरुद्धको खोप भोली १५ गते १० बजेपछि शुरु गरिने भएको छ ।
देशभर आज बुधवार लगाएपनि अर्घाखाँचीमा १ दिनपछि कोरोनाविरुद्ध खोप लगाउन शुरु गरिने भएको हो ।
खोप भोली १५ गते १० बजेपछि सुरु गरिने बरिस्ठ जनस्वास्थ्य अधिकृत पुष्पा थापाले जानकारी डटकमलाई जानकारी दिनुभएको छ । प्रदेश सरकार र केन्द्रको पहिलो आदेस बाझिएता पनि केन्द्र सरकारको तत्काल सुरु गर्नु भन्ने आदेश अनुसार भोलि देखिनै जिल्ला अस्पताल अर्घाखाँचीको खोप केन्द्रमा पहिलो चरणको खोप अभियान सुरु गरिने भएको हो ।
जिल्ला अस्पताल अर्घाखाँचीमा मंगलवार पहिलो चरणका लागि ४०० भाइल (३ हजार ८ सय ५० डोज) कोरोना खोप आइपुगेको हो ।
अर्घाखाँचीमा पहिलो चरणका लागि ४०० भाइल खोप आएको र खोप लगाउनको लागि जिल्ला स्तरमा खोप प्राविधिकहरुलाई भर्चुअल तालिम दिइएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कपिल गौतमले अर्घाखाँचीडट्कमलाई बताउनुभयो ।
अस्पतालका तथा पालिकाहरुका नियमित खोप क्लिनिकहरुमा नै यो खोप लागाउने भएको हुनाले अतिरिक्त बुथ तथा क्याबिनको आबस्यकता नहुने पनि वहाँले बताउनुभयो ।
अर्घाखाँचीमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिनेहरूलाई पहिलो चरणमै खोप जिल्ला अस्पतालबाट लगाइने छ । साथै खोप कोरोनाले यसअघि संक्रमित भए नभएका सबैलाई दिइन्छ । खोप लगाइसकेपछि कार्ड दिइने छ ।