सन्धिखर्क नगरपालिका विरुद्ध नाराबाजी घेराउ, आफ्ना मान्छे लगाउन परिक्षा रोकेको आरोप

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा सन्धिखर्क नगरपालिकाले कृषी तथा भेटेनरी प्राबिधिकको परिक्षा अन्तिम समयमा बिभिन्न बहानामा स्थगित गरेको बिरोधमा आवेदकहरु नाराबाजी र बिरोध गरेका छन् ।

सन्धिखर्कमा भेटनरी र कृषि जेटिएको परिक्षा आज माघ १४ गते ११ बजेलाई तोकिए पनि अहिलेसम्म नभएको भन्दै आवेदकहरु नाराबाजी गरी सन्धिखर्क नगरपालिका घेराउ गरेका हुन् ।
आवेदकहरुले मेयर र उप मेयरले परिक्षा रोकेको दावी गरेका छन् ।
नेताहरुका आफ्ना मान्छे लगाउन परिक्षा रोकेको आरोप उनिहरुको छ । पैसा फिर्ता गर्ने पनि कुरा गरेर आन्दोलन दबाउने प्रयास भएको बताइएको छ । साथै अहिले दुबै पक्षको वार्ता चलिरहेको छ ।
उता सन्धिखर्क नगरपालिकामा अहिलेसम्म सबै पदपुर्ती आफ्नै मिलोमतोमा हुँदै आएको देखिन्छ । यहाँ पदपुर्ती गर्दा नेताहरुका आफ्ना मान्छेहरु राखिदै आएको बताइएको छ ।
यस्तो छ नगरपालिकाको २ पटक निकालेको सुचना:

अन्य समाचारहरु