दीपेन्द्र पौडेल
चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ चुत्राबेसीमा घर भत्काउने क्रममा छत खसेर २ जना गम्भीर घाइते भएका छन् ।
चुत्राबेसी बजारको आकासे पुल नजिकै घर भत्काउने क्रममा छत खसेर दाङ्ग जिल्लाको लमहीका २६ वर्षिय प्रदिप चौधरी र सन्धिखर्क नगरपालिकाका वार्ड नम्बर १ ३० वर्षिय रमेश नेपाली घाइते भएका हुन् ।
लमहीका छातीमा लागेको र थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा रिफर गरिएको छ।
साथै सन्धिखर्क नेपालीलाई सामान्य चोट लागेको छ ।