श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा प्रतिनिधि सभा विघटनको विरुद्धमा राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघ अर्घाखाँचीले भोली (बिहिवार) मोटरसाईकल र्याली गर्ने भएको छ ।
युबकले प्रधानमन्त्री केपि शर्मा ओलीले संविधानको प्रावधान विपरीत प्रतिनिधि सभा विघटन गरेको भन्दै प्रतिनिधि सभा विघटनलाई तत्कालै सच्याउन र त्यसको पुनःस्थापना गर्नुपर्ने माघ राख्दै मोटरसाईकल र्याली गर्न लागेको अखिल नेपाल युबक संघका जिल्ला उपाध्यक्ष कृष्ण खनालले जानकारी दिनुभएको छ ।
याली पछि कोण सभा गर्नेपनि युबकले जनाएको छ । कोण सभालाई अखिल नेपाल युबक संघका केन्द्रीय अध्यक्ष अनिल किसोर घिमिरेले सम्बोधन गर्ने बताईएको छ । र्याली भोली दिउसो १ बजे राजमो कार्यालय चुत्राबेसीबाटसुरु हुने उपाध्यक्ष खनालले बताउनु भयो ।