अर्घाखाँचीमा कोरोना खोप लगाउन शुरु, डा. जगदिश शर्माले लगाए पहिलो खोप (फोटो भिडियो सहित)
माघ १५ गते, २०७७ मा प्रकाशित
केशबराज ज्ञवाली, दीपेन्द्र पौडेल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा खोप पहिलो चरणको लागि कोरोना रोगविरुद्धको खोप अभियान सुरु गरिएको छ ।
केन्द्र सरकारको नीति अनुसार माघ १४ गते देशभर पहिलो चरणको खोप लगाउने भनिएता पनि बिशेष कारणबश अर्घाखाँची जिल्ला अस्पतालमा आज १५ गते बाट सुरु भएको हो ।
अर्घाखाँचीमा पहिलो चरणका लागि ४०० भाइल खोप आएकोमा पहिलो जिल्लामा पहिलो खोप डा . जगदिश शर्माले लगाएका हुन । दोश्रो खोप डा . रामप्रसाद शर्माले लगाएका हुन ।
जिल्ला अस्पतालको खोप क्लिनिकमा यो खोप लगाउन सुरु गरिएको हो । खोप अभियान उद्घाटनमा प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल , नेपाल प्रहरिका डि . एस . पि . माधबराज बुढाथोकी , सशस्त्रका डि. एस. पि. लगायतको उपस्थिती थियो । स्वास्थ मन्त्रालयले खोपका लागि प्राथमिकता वर्गीकरण गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड बिरुद्दको खोपका लागि प्राथमिकता आधारमा चरण छुट्टाइएको छ ।