अर्घाखाँचीमा आज पहिलो दिन ४० जनाले कोरोना खोप लगाए

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कोरोना रोगविरुद्धको खोप अभियान आजदेखि शुरु भएको छ । कोरोना रोगविरुद्धको खोप अभियान आज पहिलो दिन बिहीवार ४० जनाले खोप लगाएका छन् ।

जसमा स्वास्थ्य कार्यालय २, अर्घाखाँची अस्पतालका ६, आखाँ अस्पतालका ४, आयुर्वेद स्वास्थ्य केन्द्रका १६, ओम पोलिक्लिनिकका २, अर्घाखाँची अस्पताल प्रा.लि.का २, विपिन फार्मेसी २ र महिला स्वास्थ्य स्वयं सेविका १ जना गरि जम्मा ४० जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य कार्यालयद्धारा जारी गरेको सुचनामा जनाईएको छ ।
कोरोना रोगविरुद्धको खोप अभियान पहिलो दिन अर्घाखाँची अस्पतालका निमिक्त प्रमुख डाक्टर जगदिश शर्माले खोप लगाएर अभियानको शुरु गर्नु भएको थियो । अर्घाखाँचीमा पहिलो चरणका लागि ४०० भाइल खोप आएकोमा पहिलो जिल्लामा पहिलो खोप डा . जगदिश शर्माले  लगाएका हुन । दोश्रो खोप डा . रामप्रसाद शर्माले लगाएका हुन ।
जिल्ला अस्पतालको खोप क्लिनिकमा यो खोप लगाउन सुरु गरिएको हो । खोप अभियान उद्घाटनमा प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल , नेपाल प्रहरिका डि . एस . पि . माधबराज बुढाथोकी , सशस्त्रका  डि. एस. पि. लगायतको उपस्थिती थियो ।  स्वास्थ मन्त्रालयले खोपका लागि प्राथमिकता वर्गीकरण गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड बिरुद्दको खोपका लागि  प्राथमिकता आधारमा चरण छुट्टाइएको छ ।