अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा सन्धिखर्कमा अखिल नेपाल युवक संघ अर्घाखाँचीको आयोजनामा बृहत् मोटरसाइकल र्याली सम्पन्न भएको छ ।
प्रतिगमन , भ्रष्टाचार , बेथिती र संसद विघटनको बिरोधमा निकालिएको मोटरसाइकल र्यालिमा युवहरुको बाक्लो उपस्थिती देखिन्थ्यो ।
र्याली पछि शान्ती बगैंचाको चोकमा सम्पन्न कोणसभामा बोल्दै अखिल नेपाल युबक संघका केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरेले युवाहरूको श्रम र शक्ति बिदेशमा बेचेर देशको प्रगती नहुने बताए । उनले बर्तमान सरकारको चर्को आलोचना गर्दै देशलाइ पछाडी धकेल्न सरकार सक्रिय रहेको आरोप लगाए ।
संसद विघटन गरेर खड्ग प्रसाद वलीले देशलाइ प्रतिगमन तर्फ धकेलेको भन्दै अध्यक्ष घिमिरेले अहिलेका ने. क. पा. हरुले कम्युनिस्ट नामको र हसिया हथौड़ा अङ्कित झणडाको बदनाम गरेको आरोप लगाए ।
यस्तै सभालाइ सम्बोधन गर्दै जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के . सि. ले पनि सरकारका कदमहरुको चर्को आलोचना गरे ।
मसाल बजार बाट निस्किएको मोटरसाइकल र्याली चुत्राबेसि , सन्धिखर्क ,तारामार्ग , हटारिनेटा , टुडिखेललाइन , पाणिनी चोक , हललाइन हुँदै बगैंचामा आएर कोणसभामा परिणत भएको थियो ।