अर्घाखाँचीमा कांग्रेसका भातृ संस्थाहरुले माघ १९ गते गर्ने विरोध सभा गर्ने

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाली कांग्रेसका भातृ संस्थाहरुको बैठक सम्पन्न भएको छ ।   
नेपाली कांग्रेसका भातृ संस्थाहरुले यहि माघ १९ गते गर्ने विरोध सभाको तयारीका लागि विपि स्मृति भवन सन्धिखर्कमा भातृ सस्थाहरुको बैठक सम्पन्न भएको हो । 
नेपाली कांग्रेसका सबै भातृ सस्थाहरुका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको बैठकले पाटीको केन्द्रिय कार्यक्रम अनुसार भातृ सस्थाहरुले गर्ने विरोध सभालाई भव्य रुपले सम्पन्न गर्ने  निर्णय गरेको छ ।
बैठकमा मन्तब्य राख्दै नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कानले सकारको असंबैधानिक कदमका बिरुद्धमा सबै एकजुट भएर आन्दोलनमा उत्रनु पर्ने बताउनु भयो । उहाँले लोकतन्त्रको रक्षाको लागि सबैलाई एक भएर अगाडी बढ्न आग्र गर्नु भयो । 
बैठक जिल्ला सभापति विष्णु मुस्कानको प्रमुख आतिथ्यता र उप सभापति शान्ता भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।