श्याम घिमिर
सन्धिखर्क, अर्घाखाँची । पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी आउँदो फागुन ३ गते अर्घाखाँची आउनुहुने भएको छ ।
यस अघि राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले माघ ३० गतेका लागि निर्धारण गरेको समय केसीको कार्य व्यस्तताका कारण सम्भव नभएकोले आगामी फागुन ३ गतेलाइ सारिएको राजमो अर्घाखाँचीका नेता शेरबहादुर बिसीले जानकारी दिनुभयो ।
कार्यक्रमलाइ भव्य बनाउन राजमोले व्यापक तयारी गरेको जिल्ला अध्यक्ष थम्मन केसीले जानकारी दिनुभयो ।