अर्घाखाँची कोरोना मुक्त हुनेक्रममा, जिल्लाभर १९ जना सक्रिय संक्रमितहरु मात्र (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कोरोना संक्रमितको संख्यामा कमी आएको छ । अहिले जिल्लाभर १९ जना मात्र संक्रमितहरु रहेका छन् । जसमा सन्धिखर्कमा १४ जना,  भूमिकास्थान नगरपालिकामा १,   मालारानीमा १ र छत्रदेवमा ३ जना रहेका छन् । साथै शितगंगा र पाणिनी कोरोना मुक्त भएका छन् । यि दुई पालिकामा संक्रमितको संख्या शुन्य रहेको छ । 
उत जिल्लामा आजसम्म संक्रमितको संख्या ७९१ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३७८ जना, शितगंगा नगरपालिकामा १०६,     भूमिकास्थान नगरपालिकामा १३४,   मालारानीमा ८६,     पाणिनी गाउँपालिकामा ३३   र छत्रदेव गाउँपालिकामा ५४  जना संक्रमित रहेका छन् ।   
यस्तै जिल्लाबाट आजसम्म  ७६१   जनाले कोरोना जितेर घर फर्केका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ३५९    जना, शितगंगा नगरपालिकामा १०४,      भूमिकास्थान नगरपालिकामा १३०,    मालारानीमा ८४,   पाणिनी गाउँपालिकामा ३१   र छत्रदेव गाउँपालिकामा ५१ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँचीडट्कमको विवरण अनुसार जिल्लामा  कोरोनाका कारण १४ जनाको निधन भएको छ ।
 
सोमबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा १९  जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उता अर्घाखाँची जिल्लामा आजसम्म १०० जनाले कोरोना खोप लगाएका छन् ।