सन्धिखर्कमा भोली बृहत करदाता शिक्षा कार्यक्रम संचालन हुँदै

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा भोली शनिबार आन्तरीक राजश्व कार्यालय कृष्णननगर, करदाता सेवा कार्यालय सन्धिखर्क अर्घाखाँचीले बृहत करदाता शिक्षा कार्यक्रम संचालन गर्दैछ । 
उद्योगी व्यवसायीहरुकलाई लक्षित गरी संचालन गरीने करदाता शिक्षा कार्यक्रममा सक्रिय सहभागीताको लागि अर्घाखाँची उद्योग बाणिज्य संघ र अर्घाखाँची चेम्वर अफ कमर्सले सवै व्यवसायीहरुमा अनुरोध गरेका छन ।
कार्यालयले अर्घाखाँची चेम्वर अफ कमर्स, अर्घाखाँची उद्योग बाणिज्य संघ लगायतका संस्थाहरुसंगको समन्वयमा गर्न लागेको कार्यक्रम सन्धिखर्क १ हललाईनमा रहेको संगम फुड ल्यान्ड प्रालिको हलमा आयोजना हुने बताइएको छ ।