सन्धिखर्कमा वार्ड नम्बर -१ को वार्ड भेला सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क । रार्ष्ट्रिय जनमोर्चा सन्धिखर्क नगरपालिका वार्ड नम्बर -१ को वार्ड भेला सम्पन्न भएको छ ।  संगठन सुदृढीकरण अभियान अन्तर्गत आज सम्पन्न भएको भेलाको अध्यक्षता राजेन्द्र नेपाली स्वागत मन्तव्य मिना बिसि संचालन राधा आचार्यले गर्नुभएको थियो।
    भेलाको प्रमुख अथितिमा  राष्ट्रिय जनमोर्चा जिल्ला राजमो पुर्व केन्द्रिय सदस्य शेर बहादुर बिसी , अथितिहरुमा अखिल नेपाल महिला संघ जिल्ला सचिब कल्पना पोख्रेल ट्रेड युनियनका केन्द्रिय उपाध्यक्ष गोबिन्द बिसी राजमो जिल्ला सल्लाहकार सिद्दि भट्टराई किशान महासंघका जिबनारायण खनाल सनपा नगर समितिका कृष्ण खनाल लगाएतले प्रशिक्षण दिनु भएको थियो ।यो भेलाले टोल समिति गठन गर्ने र माघ ३० गतेको बिरोधसभामा भब्य सहभागी गराउने निर्णय गरेको छ।
          संगठनलाइ थप सुढृड र सशक्त बनाउदै अगाडी बढ्ने संकल्प भेलाले गरेको छ ।

अन्य समाचारहरु