अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क । राष्ट्रिय जनमोर्चा सन्धिखर्क वार्ड नम्बर ४ को वार्ड भेला सम्पन्न भएको छ । आज माघ १७ गते सम्पन्न भेलाले वार्ड समिति पुनर्गठन पनि गरेको छ ।
राष्ट्रिय जनमोर्चा सन्धिखर्क ४ का उपाध्यक्ष बुद्दिराम रेष्मिको को अध्यक्षता मा सम्पन्न उक्त भेलाको प्रमुख अथितिमा जनमोर्चा जिल्ला अध्यक्ष थम्मन के. सि. को प्रमुख आथित्यता रहेको थियो भने अथितिमा जनमोर्चा जिल्ला सचिब बाबुराम पन्थि हुनुहुन्थ्यो ।
भेलाले संगठनलाइ सुढृड बनाउने प्रण गर्दै गरेको पुनर्गठित वार्ड समितिमा अध्यक्ष खिमराज भट्टराई , उपाध्यक्ष बुद्धिराम रेष्मि , सचिब ज्ञानेन्द्र खनाल , कोषाध्यक्ष पिताम्बर सुनार , सह सचिब खिमानन्द भट्टराई , सदस्यहरुमा गोकर्ण परियार , माया भुसाल , देव बहादुर रेश्मि , जशि नेपालि , छबिलाल परियार , हुमाकान्त खनाल, रहनुभएको छ ।
समितिको सल्लाहकारमा गङ्गाराम खनाल , सिता भट्टराई र कमल भुसाल रहनुभएको छ ।
बिष्णु भुसालले संचालन गर्नुभएको उक्त वार्ड भेलामा स्वागत मन्तव्य ज्ञानेन्द्र खनालले राख्नुभएको थियो ।