केशब राज ज्ञवाली | फोटो: दिपेन्द्र पौडेल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कृषि ज्ञानकेन्द्र अर्घाखाँचीमा प्राङ्गारिक मिशन सम्बन्धि अभिमुखिकरण गोस्ठी सम्पन्न भएको छ ।ज्ञान केन्द्र अर्घाखाँचीको तालिम हलमा सम्पन्न गोष्ठीमा जिल्लाका सम्पुर्ण पालिकाहरुका कृषि शाखाका कर्मचारी तथा प्रतिनिधिहरुको उपस्थिती थियो ।
प्राङ्गारिक कृषि उत्पादनमा जोड दिदै रासायनिक बिषादीको प्रयोग न्युनिकरण गर्ने उदेस्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनाको संशोधित रुपमा आएको मिशनका बारेमा ज्ञानकेन्द्रका प्रमुख राम मिलन बिस्वकर्माले प्रष्ट पार्नुभयो ।वहाँले प्राङ्गारिक मिशनका बारेमा प्रस्ट पार्दै कार्यक्रमको सफलतालागी स्थानीय तहहरुलाइ अनुरोध गर्नुभयो ।
रैथाने उत्पादनलाइ प्रबर्द्धन गर्ने, रासायनिक मल र बिषादिको न्युनिकरण गर्ने , बजारिकरण र प्रमाणिकरणमा सहयोग गर्ने , खाद्य तथा पोषण सेवामा टेवा पुर्याउने रसायन युक्त खानाबाट हुने न्युनिकरण कम गर्ने यश मिशनका उदेस्य रहेको बताइएको छ ।
प्राङ्गारिक मिशन कार्यक्रम अन्तरगत पहिलो चरणमा स्थानिय तहले सम्भाब्यता अध्ययन गरेर ज्ञान केन्द्रमा रिपोर्ट गरे पछि प्राथमिकता र गुणस्तरताको आधारमा बजेट छुट्ट्याइने प्रमुख राममिलन बिस्वकर्माले बताउनुभयो ।
कार्यक्रमको प्रमुख अथितीमा मालारानी गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री , अथितिमा शितगङ्गा नगतपालिकाका उप प्रमुख टीका बहादुर रेष्मी , सन्धिखर्क नगरपालिकाका प्रबक्ता लिलाराम गौतम ज्ञान केन्द्रका अर्थबिद महेन्द्रकुमार ओझा ,हुनुहुन्थ्यो भने विशेषज्ञ शाखाका अधिकृत बलराम घिमिरेले स्वागत मन्तब्य राख्नुभएको थियो र कार्यक्रमको सन्चालन तालिम शाखाका छैठौं अधिकृत नारन प्रसाद भुसालले गर्नुभएको थियो ।