अर्घाखाँचीमा थप २८० जनाले कोरोना खोप लगाए

श्याम घिमिरे
अर्घाखाँची माघ १८ -अर्घाखाँचीमा आईतवार थप २८० जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन । नेपाल सरकारले तोकेअनुसार अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्य क्षेत्रका २८० जना व्यक्तिहरुलाई खोप दिईएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।
भारत सरकारको सहयोगमा उपलब्ध भएको कोभिशिल्ड नामक खोप पहिलो चरणमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी,महिला स्वास्थ्य स्वंय सेबिका,सुरक्षाकर्मी, र एम्बुलेन्स चालकलाई लगाईएको हो ।
यससंगै जिल्लामा हालसम्म ५ सय जनाले कोरोना बिरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।