अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वार्ड नम्बर ४ का वार्ड सदस्य हरिहर आचार्यको निधन भएको छ ।
छत्रदेब गाउँसभा सदस्य हरिहर आचार्यको ६८ वर्षको उमेरमा काठमाडौं स्थित महाराजगंज टिचिङ अस्पतालमा उपचारको क्रममा आज आईतबार निधन भएको हो ।
आचार्यको स्वास्थ्य अवस्था गम्भिर भई काठमाडौं स्थित महाराजगंज टिचिङ अस्पतालमा भेन्टीलेटरमा उपचार गराइरहनु भएको थियो । आचार्यको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । अन्त्यष्टिमा कांग्रेस नेता शेखर कोईराला लगायतका नेता, कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
आचार्य नेपाली कांग्रेस अर्घाखाँचीका पुर्व पार्टी उप सभापति पनि हुनुहुन्थ्यो ।
आचार्यको निधन प्रति छत्रदेब गाउँपालिका र नेपाली कांग्रेसले दु:ख व्यक्त गरेका छन् ।